अब प्रचण्ड, बाबुराम र विप्लव एकैठाउंमा आउनुपर्छः अखिल (क्रान्तिकारी)

विराटनगर , ८ मंसिर । देशब्यापी जागरण अभियानमा चलाईरहको अखिल(क्रान्तिकारी) का नेताहरूले अब प्रचण्ड ,वावुराम र विप्लव एकैठाउं हुनुपर्ने बताएका छन् ।
शुक्रबार विराटनगरको स्नातकोत्तर क्याम्पस (डिग्री क्याम्पस ) मा आयोजित कार्यक्रममा आफ्नो धारण राख्दै उनीहरुलेत्यसो नगरिए जनआन्दोलन र जनयुद्धका उपलब्धि गुम्ने खतरा रहेको जिकिर गरेका छन्।

कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी ) का उपाध्यक्ष रञ्जित तामाङले भने ( ‘सहिदका सपना पुरा गर्न अब बाबुराम र विप्लव पनि माओवादी एकतामा सामेल हुनुपर्छ । ’ उनले ढिलो चांडो वावुराम र विप्लवसंग पनि एकता भएरै छाड्ने दावी गरे ।

कार्यक्रममा बोल्दै क्रान्तिकारीका प्रवक्ता समेत रहेका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अर्को विकल्प नभएको बताउँदै भने–माओवादी खण्डित हुंदा जनताका सपना पनि खण्डित भएकाले अब जुट्नुको विकल्प छैन।’

डेढ महिने जागरण अभियानले अखिल९क्रान्तिकारी०लाई नयाँ ठाउँमा पुर्याएको चर्चा गर्दै अर्का उपाध्यक्ष गंगाराम तिम्सिनाले अबको स्ववियु निर्वाचनमा पहिलो हुने दावी गरे ।

उनले भने – ‘दशवटा घटक सहित एकतावद्ध भएको क्रान्तिकारी अब हुने स्ववियुमा पहिलो संगठन हुनेछ।’ जागरण कार्यक्रममा प्रदेस नं।१ का इन्चार्ज समेत रहेको उपाध्यक्ष चिरिञ्जिवी लामिछाने, माओवादी केन्द्रका पिविएम गणेश उप्रेती,सचिव सुनिता किराँती,प्रदेस संयोजक तिलक बस्नेतले शुभकामना मन्तब्य राखेको जिल्ला इन्चार्ज सुमन कालिकोटेले जनाए।

उक्त भेलाले टेकेन्द्र अधिकारीको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको छ।

 

Comments (0)
Add Comment