अबैध तरिकाले नेपाल भित्रिएको मालसमान माथी डिआइजी मगरको कडा एक्सन

पर्सा, ८ मंसिर / भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारी मात्रामा कपडा र सुर्ती बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले धनुषा र सर्लाही जिल्लाबाट भारी मात्रामा कपडा र सुर्ती बरामद गरेको हो ।
मङ्गलबार रातीको समयमा धनुषा जिल्लाको बिधय नगरपालिका वडा नम्बर ९ बाट स्कवाड टोलिले १२ पोकामा रहेको कपडा बरामद गरेको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रिदै गरेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले १२ पोकामा रहेको करीब ७ लाख ६० हजार ७ सय बराबरको कपडा बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसतै सर्लाहीको बैलवासबाट ४ लाख १२ हजार बराबरको सुर्ती बरामद भएको छ । भारतबाट अबैध तरिकाले आयात भइरहेको सूचना पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो । बैलवास नाकाबाट प्रती दिन टेम्पूको माध्यमले सुर्ती भित्रिरहेको सूचना पाए पछि टोलि परिचालन गरिएको र टेम्पू सहित सुर्ती बरामद गर्न सफल भइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यता यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले आफ्नो कार्यकालमा कुनै किसिमको तस्करी, अपराध हुन नदिनको निम्ति स्कवाड टोलि परिचालन गरिएको बताए । उहाले नेपाल र भारतको सीमा नाका हुँदै अबैध तरिकाले आयात निर्यात गर्ने तस्कर गिरोह सकृय रहेको स्विकार्दै आफू कुनै हालतमा त्यस्ता गिरोहलाइ बढावा दिन नसक्ने बताउनु भयो । सकृय रहेका तस्कर समुहका साथ साथै आफ्नो युनिट भित्र बदमासी गरिरहेका कर्मचारीलाई तह लगाउने डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

Comments (0)
Add Comment