अगामी चुनावमा बाराको सबै क्षेत्रमा नेपाली कांग्रेसको झन्डा लहराउने रौनियारको दावी (भिडियो सहित)

उमेश दुबे
बारा, ६ कार्तिक ÷ यस अगाडी भएको स्थानिय तह र संसदीय दलको चुनावमा जितेका जनप्रतिनिधिको रवैया हेरेर अगामी हुने चुनावमा बाराको सबै क्षेत्रहरुमा नेपाली कांग्रेसको झन्डा लहराउने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल बिधार्थी संघका निवर्तमाण सह—महामन्त्री राजेश रौनियारले बताउनु भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा निवर्तमाण सह—महामन्त्री राजेश रौनियारले स्थानिय तह र संसदीय दलको चुनाव पश्चात जनताहरु जागरुक भएको र आउने चुनावमा बारा जिल्लाको सबै क्षेत्रहरुमा नेपाली कांग्रेसको झण्डा लहराउने बिश्वास लिएको बताउनु भएको हो ।
बारा जिल्लाको बारागढी गाउपालिका वडा नम्बर १ पिपरा बसतपुरमा नेपाली कांग्रेसले हिन्दुहरुको महान चाडको रुपमा मनाइने शुभ दिपावली, छठ तथा लोहसार पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा निवर्तमाण सह—महामन्त्री राजेश रौनियारले स्थानिय तथा संसदीय दलको चुनाव पश्चात कुन जनप्रतिनिधि के कति इमान्दारीता पूर्वक कार्य गरेको बारे आम जनतालाई अवगत भइसकेको बताउनु भयो ।
बिकासको नामा अधिकांश जनप्रतिनिधि आफ्नो कमाईको रुपमा कुर्सीलाई प्रयोग गर्दै आएको र अगामी आउने चुनावमा कार्यको प्रगति हेरी जनता नेपाली कांग्रेसको पक्षमा उभिसकेको निवर्तमाण सह—महामन्त्री राजेश रौनियारले ठोकुवा गर्नुभयो । जनता संग वाचा गरेर जितेका जनप्रतिनिधिहरु हालसम्म जनताको पक्षमा काम गर्न नसकेको रौनियारले आरोप लगाउनु भयो ।
कार्यक्रम पश्चात यस अनलाइन संग कुरा गर्दै निवर्तमाण सह—महामन्त्री राजेश रौनियारले अगामी चुनावमा बारा जिल्लाभरीमा स्थानिय तह र संसदीय चुनावमा जनताहरु नेपाली कांग्रेसको पक्षमा रहेको बताउनु भयो । उहाले स्थानिय तह र संसदीय चुनाव पश्चात जनप्रतिनिधिहरु मात्र कमिसनको चलखेलमा लागेकोले बिकास हुन नसकेको कारण बारा जिल्लाको जनता अगामी चुनावमा नेपाली कांग्रेसको पक्षमा उभिने बताउनु भयो । बारा जिल्लाको जनता नेपाली कांग्रेसको पक्षमा रहेकोले आउने चुनावमा नेपाली कांग्रेसको झन्डा बारा जिल्लाभरी लहराउने रौनियारले दाबी गर्नुभयो ।

Comments (0)
Add Comment