सीमामा सशस्त्र प्रहरीको निगरानी, ७ गोटा भैंसी बरामद

बारा, २३ फागुन ÷ बाराको सीमा नाकाहरुमा व्यापक तस्करी बढ्नसाथ सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी बढेको छ । बाराको पचरौता बेनौलीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा ७ गोटा भैंसी बरामद गरेको हो ।
बाराको सीमा नाकाहरुबाट तस्करी बढ्नसाथ सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजितको आदेशमा सीमा नाकाहरुमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । गत आइतवार बोर्डर आउट पोष्ट पचरौता बेनौलीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सागर मलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले अवैध रुपमा भन्सार छलि गरी नेपाल भित्रयाउदै गरेको अवस्थामा भैंसी बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले जनाए अनुसार बाराको पचरौता नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Comments (0)
Add Comment