शहिदहरुको बलिदानी खेर जान दिन्नौं ः अध्यक्ष यादव

वीरगंज,माघ १ : मधेस आन्दोलनका शहिद शत्रुध्न पटेलको सम्झनामा आज देखि पर्साको पकहामैनपुर गाविसमा शहिद सत्रुध्न पेटल नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ ।

युवा समाज धोरेको आयोजनामा श्रीराम चरित्र भगत उच्च मावि पकहा मैनपुको प्राङ्गणमा भएको प्रतियोगिताको उदघाटन गर्नु हुदै संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले शहिदहरुको बलिदानी मधेसी जनताले खेर जान नदिने बताउनु हुदै शहिदहरुको सपना पुरा गर्न आफुले जस्तोसुकै कदम चाल्न सक्ने बताउनु भयो ।

मधेसी, दलित, जनताति, मुस्लिम, पिछडावर्गको अधिकार नपाए सम्म यो संविधान लागु हुन नसक्ने दाबी गर्दै प्रमुख अतिथि समेत रहनु भएका यादवले मधेसी जनताको अधिकार बिनाको चुनाव सरकारको दिवा सपना मात्र देखि रहेको बताउनु भयो ।

शहिद सत्रुध्न पटेलका आमा कुशमी देवी कुर्मीनको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवजी प्रसाद सोनी, त्यसैगरी मनोज दास, बालिसटर सहनी, मुन्ना देवान, दिनेश सहनी, रामजीत शर्मा लयायतले आ–आफ्ना मनतव्य व्यक्त गर्नु भएको थियो ।

प्रतियोगिताको आज पहिलो दिन वीरगंज श्रीपुर १४ र गाविस हाँसवा क्रिकेट क्लब बिच खेल भएको थियो । नेपालका ८ वटा क्रिकेट टिम र भारतका ८ वटा टिम गरी प्रतियोगितामा १६ वटा टिमले सहभागीता जनाउने शिवजी सोनीले जानकारी दिनु भयो ।

प्रतियोगिताको उदघाटनशत्रमा शहिद सत्रुध्न पटेलका आमा कुशमी देवी कुर्मीनलाई प्रमुख अतिथि प्रदिप यादवले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

Comments (0)
Add Comment