वीरगन्ज कारागारमा छुरा प्रहारबाट घाइते भएका युवकको मृत्युु

वीरगन्ज, माघ १८: वीरगन्ज कारागारमा पुस ९ गते साँझ छुरा प्रहारबाट घाइते भएका राजन बनियाको उपचारका क्रममा ज्यान गएको छ। छुरा प्रहारबाट गर्दनमा गहिरो घाउ लागेर नशाहरु काटिँदा सिकिस्त भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

मृतकका बाबु रामधारी दास बनियाले भने उपचार नपाएकोले आफ्नो छोराको ज्यान गएको आरोप लगाएका छन्।

पर्सा प्रहरीका अनुसार कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एउटा कैदीले अर्कोलाई छुरा हानेको घट्ना कैदीहरुले क्रिसमसको रमझम मनाइरहेको बेला भएको थियो। पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहका अनुसार सुनसरीको झुम्का कारागारबाट ३ महिनाअघि सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुली मुद्दामा सजाय काटिरहेका रौतहट घर भएका पनिलाल पँडितले बनिया उपर तरकारी काट्ने छुरा प्रहार गरेका थिए ।

वीरगन्जस्थित नेशनल मेडिकल कलेजले अप्रेशन गर्न सल्लाहसहित रिफर गरेको थियो। काठमाडौं लगेर घाइते बनियालाई केन्द्रीय कारागार मातहतको अस्पतालमा पाँच दिन राख्दा उनको अवस्था गम्भीर भएपछि मात्र वीर अस्पताल पुयाइइएको थियो।

श्रोत: यात्रा डेली

Comments (0)
Add Comment