विद्यार्थीमाँझ लोकप्रीय बन्दै कक्षा १० को डीजिटल पाठ्य सामाग्री

पर्सा, ११ भाद्र / कक्षा १० को डिजिटल प्रविधियुक्त पाठ्यक्रम विद्यार्थीमाझ लोकप्रीय बन्दै गईरहेको छ । इन्टरसफ्ट इन्साईड प्रा.लि.ले कक्षा १० का गणित, विज्ञान र अतिरिक्त गणित विषयहरुको सव्र्य, दृश्य सहितको डिजिटल पाठ्य सामाग्री निर्माण गरि विद्यार्थीमाझ ल्याएको छ । १६ र ३२ जिवीको मेमोरी कार्डमा उपलब्ध उक्त एप्सलाई एन्ड्रोईड मोवाईलमार्फत हेर्न, पढ्न र सुन्न सकिने छ । उक्त एप्सका बजार व्यवस्थापक धर्म बहादुर सिँहले आफुहरुले निर्माण गरेको डिजिटल पाठ्यक्रमप्रती देशभरका निजि विद्यालयहरुको माग बढिरहेको भएपनि सरकारी विद्यालयहरुले भने खासै चाँसो नदिएको भन्दै उक्त पाठ्यक्रम सरकारी विद्यालयहरुको लागी अझ बढी उपयोगि रहेको बताए ।
गणित शिक्षा परिषदका केन्द्रीय महासचिव तथा कक्षा १० को गणीत विषयका पाठ्यपुस्तक लेखक रमेशप्रसाद अवस्थीले यो डिजिटल पाठ्य सामाग्री निकै समय सान्दर्भिक र विद्यार्थीहरुका निम्ती अत्यन्त लाभदायक रहेको बताए । महासचिव अवस्थीले विद्यार्थीहरुलाई डिजिटल प्रविधिमैत्री शिक्षा प्रदान गर्न यो पाठ्य सामाग्री अत्यन्त उपयुक्त भएकोले सम्बन्धीत विषयका शिक्षकहरुलाई समेत उक्त पाठ्य सामाग्री प्रयोग गर्न अनुरोध गरे ।
नेपालको शिक्षा क्षेत्रमा लामो समय कार्यसम्पादन गरेका पुर्व शिक्षा अधिकृत विचारी प्रसाद अधिकारीले आफु यो पाठ््य सामाग्रीबाट अत्यन्त प्रभावित भएको बताउँदै अहिलेको प्रविधिमैत्री शिक्षा प्रदान गर्न उक्त पाठ्य सामाग्री कोशेढुङ्गगा सावित हुने बताए । अधिकारीले सबैका अभिभावक शिक्षित नहुने भन्दै सम्बन्धीत विद्यालगका प्रअ, व्यवस्थापन समिति तथा सम्बन्धीत विषयका शिक्षकहरुले विद्यार्थीलाई यस्ता पाठ्यसामाग्रीहरु अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।
काठमाडौंस्थीत Prolific H.S. School मा कक्षा १० मा अध्ययनरत विद्यार्थी नविन शाहले उक्त डिजिटल पाठ्य सामाग्री अध्ययन गरिररहेको बताउँदै आफुलाई उक्त सामाग्री अत्यन्त सरल र सहज लागेको बताए । उनले यो डिजिटल एप्सले हरेक विद्यार्थीलाई गोजी शिक्षकको काम गर्ने र अतिरिक्त क्लास (Tuition) लिन नपर्ने बताए । उनले SEE को तयारि गरिरहेका विद्यार्थीलाई परिक्षामा राम्रो नतिजा ल्याउन उक्त एप्स अत्यन्त सहयोगि हुने बताए ।

Comments (0)
Add Comment