वर्दीको धज्जि उडाउदै सीमालाइ कमाइ खाने भाडो बनाए सशस्त्र प्रहरी निरीक्षक कोइराला, माथिल्लो निकाय मौन

उमेश दुबे
बारा, ६ जेष्ठ / नेपाल र भारतको सीमा नाकामा सशस्त्र प्रहरीले आफ्नो वर्दीको धज्जी उडाउदै कमाइ खाने भाडो बनाएका छन । बारा जिल्ला पिपरपातीका सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाले नेपाल र भारतको सीमा नाकामा आफ्नो वर्दीलाई बदनाम गर्दै कमाइ खाने भाडो बनाएका हुन ।
सीमा नाकालाई सुरक्षाको निम्ति सशस्त्र प्रहरीलाई खटाइएपनी सीमाको सुरक्षा छोडी तस्कर संगठनलाई सशस्त्र प्रहरी ननिरीक्षक कोइराला संरक्षण दिरहेका छन । पिपरपाती हुँदै दिनहु ५० लाख बराबर भन्दा बढी कपडा अबैध तरिकाले नेपाल भित्रि रहदापनी सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइराला मौन बस्नु ठुलै रकमको चलखेल रहेको बारे प्रष्ट हुन्छ । मोटरसाइकल, साइकल र बसमा गरि दिनहु लाखौ बराबरको मालसमान नेपाल भित्रि रहदा पनि सशस्त्र प्रहरी मौन बस्नु बिडम्बनाको बिषय बनेको छ ।
मोटो रकम बुझे पश्चात् अन्धो भएका सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाको बिषयमा १२ नम्बर गण बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोस बस्नेतलाई समेत खबर गर्दा मौन बस्नु ठुलै रकमको चलखेल रहेको स्थानियवासी बताउछन । पचरौता पिपरपातीबाट दिनहु मुसूरो, दाल, केराउ, मरिच, कपडा लगायतका मालसमान अबैध तरिकाले प्रहरीकै मिलोमतोमा आयात तथा निर्यात हुने गर्दछन, स्थानियले बताए । तर प्रहरीले नियन्त्रणमा गर्नुको साटो उल्टै स्कटिङ्ग गर्ने तरिकाले गरे झै कार्य गरिरहदा सशस्त्र प्रहरीकै नाम बदनाम भइरहेको दुखेसो व्यक्त गर्नु भयो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खन्नालले आफ्नो संगठन इमन्दार रहेको ठोकुवा गरिरहेकै बेला यस्तो तरिकाको तस्करीको लाइन खुल्नु बिडम्बनाको बिषय बनेको छ । सशस्त्र प्रहरी संगठनको नीति निर्देशन बिपरित सशस्त्र प्रहरी निरीक्षक इश्वर कोइरालाले सीमा र वर्दीलाई कमाइ खाने भाडो बनाएपनी माथिल्लो निकायहरू समेत मौन हुनुको बिषय चर्चाको बिषय बनेको छ । तसर्थ माथिल्लो निकायको यसतर्फ ध्यान जान अति आवश्यक देखिन्छ ।

Comments (0)
Add Comment