वरिष्ठ पत्रकार काशीनाथ यादवको निधन

विरगंज १६ चैत्र – वरिष्ठ पत्रकार काशीनाथ यादवको बुधबार साझा निधन भएको छ । नर्भिक अस्पतालको अति सघन कक्षमा उपचारको क्रममा आज बेलुका ५ बजे यादवको निधन भएको हो ।

विरगंज बाट प्रकाशित व्रह्मास्त्र दैनिकका प्रधान सम्पादक यादव गत चैत्र १० गते विहीबार आफनै घरमा स्वास्थयमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । नेपाल प्रेस युनियन पर्साका पूर्व जिल्ला अध्यक्ष, ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक एवं नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय पार्षद समेत रहनु भएका यादव लामो समयदेखि मुटु तथा स्वासप्रश्वास सम्वन्धी रोगबाट पीडित थिए ।

यादवको पार्थीव शरिरलार्इ अहिले काठमाडौबाट वीरगंज ल्गाउँदै गरेको बताइएको छ  । यसैबीच नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा तथा विरगंजका अन्य पत्रकारहरुले स्वर्गिय यादवको निधन प्रति गहिरो दुख व्यक्त गरेका छन् ।

Comments (0)
Add Comment