लायन्स क्लबद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना

वीरगंज असार १६
स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तरगत लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले संयुक्त रूपमा आज वीरगंजको घडिअर्वा पोखरी परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन विजय कुशवाहाको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका करिब पचास थान विरूवा रोपिएका छन् ।

यस वर्ष देशभरि तीन करोड विरूवाहरू रोप्ने नेपाल सरकारको अभियान बमोजिम जिल्ला वन कार्यालयको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि ल्यान्स क्लबका सिनियर डिष्ट्रक्ट एडभाईजर लायन देव चौधरीले विरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा राजवृक्ष, गुलमोहर, निम, कल्की फुल लगायत पचास थान विरूवाहरू रोपिएका छन् ।

वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सपना मित्तल अग्रवाल, डिष्ट्रक्ट एडभाईजर लायन उमेश साह कानु, एम्बेसडर अफ गभर्नर लायन वासुदेव तिमिल्सिना, लायन्स क्लबका रिजन चेयरपर्सन चन्द्रशेखर पटेल, जोन चेयरपर्सनद्वय लायन विजया ओझैया, पिएमजेफ लायन उमेश शर्मा, डिष्ट्रक्ट कोर्डिनेटर गुड्डी जोशी, वीरगंज ग्रिन क्याम्पसका उपाध्यक्ष श्याम गुप्ता, सेन्ट्रल सिटीकी सचिव आश्मा सिंह यादव लगायत लायन्स क्लबका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Comments (0)
Add Comment