लायन्स क्लबद्वारा नारायणी क्षेत्रिय अस्पतालका विरामी तथा कुरूवाहरूलाई स्वच्छ खानेपानी वितरण

वीरगंज असार १६
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी र लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पद्वारा संयुक्त रूपमा आज वीरगंजको नारायणी क्षेत्रिय अस्पतालका विरामी तथा कुरूवाहरूलाई स्वच्छ खानेपानी वितरण गरिएको छ । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सपना मित्तल अग्रवालको अध्यक्षतामा भएको स्वच्छ खानेपानी वितरण कार्यक्रममा नारायणी क्षेत्रिय अस्पतालका विरामी तथा कुरूवाहरूलाई स्वच्छ खानेपानी वितरण गरिएको छ ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जन डा. मनोज गुप्ताले अस्पतालका विरामी तथा कुरूवाहरूलाई स्वच्छ खानेपानी वितरण गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा करिब पांच सय विरामी तथा कुरूवाहरूलाई स्वच्छ खानेपानी वितरण गरिएको लायन्स क्लबकी डिष्ट्रक्ट कोर्डिनेटर गुड्डी जोशीले बताउनु भयो । कार्यक्रममा लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन विजया ओझैया, सेन्ट्रल सिटीकी उपाध्यक्ष मिना टिबडेवाल, सचिव आश्मा सिंह यादव, सर्जिकल वार्डका सहायक अधिकृत रामेश्वर प्रसाद, स्थानिय समाजसेवी अखिलेश तिवारी लगायत लायन्स क्लबका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Comments (0)
Add Comment