लागू औषध सहित गुरूङ्ग पक्राउ

बारा, ६ माघ / बाराको मुसहर्वाबाट लागू औषध सहित गुरूङ्ग पक्राउ परेका छन । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सन्युक्त टोलिले लागू औषध विन सिरेक्स र डाइलेक्स डिसि सहित गुरूङ्ग पक्राउ परेका हुन ।
भारतबाट नेपालतर्फ आउदै गरेको बा ७३ प ८५९५ नम्बरको मोटरसाइकललाई चेकजाच गर्दा लागू औषध सहित गुरूङ्ग पक्राउ परेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बिहिवार साझ करिब ३:३० को समयमा बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर ३ मुसहर्वा चौकबाट मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका वडा नम्बर ९ पशुपतिनगर बस्ने २१ बर्सिय कृशिस गुरुङ्गको साथबाट लागु औषध विन सिरेक्स र डाइलेक्स डिसि बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । उहाले दिएको जानकारी अनुसार चेकजाचको निम्ति खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले पक्राउ गरेको बताउनु भयो ।

Comments (0)
Add Comment