भारतबाट तस्करी गरी सहजै तरिकाले वीरगंज भन्सार पुग्दै करोडौ बराबरको प्याज

उमेश दुबे
पर्सा, २९ कार्तिक ÷ नेपाल र भारतको खुल्ला सीमा नाकाको फाइदा उठाउदै तस्कर संगठनले सहजै तरिकाले भारतबाट नेपालतर्फ प्रति दिन करोडौ बराबरको प्याज भित्रयाउन सफल भएका छन् । नेपाल र भारतीय प्रहरीलाई लाखौ रुपैया बराबरको नजराना बुझाए पश्चात तस्कर संगठनले रातिको समयमा प्रतिदिन करोडौ बराबरको प्याज नेपाल भित्रयाउन सफल भएका हुन ।
बिहारको सहदेवा÷महदेवामा भारतीय तस्करहरुले प्याज ल्याई भारतीय र नेपाल प्रहरीलाई मोटो रकमको नजराना बुझाए पश्चात तस्करीको लाइन सूचारु भएको बुझिन्छ । प्याज तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाहेक पनि वीरगंज भन्सार कार्यालयका प्रमुख समेत सहभागि रहेको बुझिन्छ । वीरगंज भन्सार कार्यालयका प्रमुख श्याम प्रसाद भण्डारीले समेत प्याजको कमिसनको चक्करमा अकमकाएका छन् ।
तस्कर संगठन, अवैध तरिकाले नेपाल भित्रयाउनको निम्ति वीरगंज भन््सार कार्यालयका प्रमुख श्याम प्रसाद भण्डारीलाई मोटो रकमको नजराना बुझाए पश्चात प्याजको कार्य पूनः सुचारु भएको बुझिन्छ । भारतीय कस्टम श्रोतका अनुसार कस्टम औफिसर समेत यस प्याजको तस्करीको रकम लिए पश्चात कार्य सूचारु भएको हो । नेपाल र भारतको दुबै कस्टमका प्रमुखहरुको समन्वय भएका कारण प्याजको लाइन रोकिन असम्भव रहेको श्रोतको दावी रहेको छ ।
प्याजको कार्य सूचारु गर्नको निम्ति भारत पक्षका कस्टम औफिसरलाई २ लाख भारतीय रकम दिइएको र वीरगंज भन्सार कार्यालय प्रमुख श्याम प्रसाद भण्डारीलाई ३ लाख नेपाली रुपैया दिइएको एक जना प्याज तस्करले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन् । कस्टम औफिसरको साथ साथै नेपाल र भारतको सीमामा रहेका नेपाल प्रहरी र भारतीय एसएसबीलाई समेत महिनवारी स्वरुप रकम दिए पश्चात प्याजको कार्य बिहिवारदेखी सूचारु भएको बताए ।
तस्कर संगठनले चोर बाटो प्रयोग गर्दै दैनिक १० देखी २५ वटा पिकअपमा प्याज वीरगंज भन्सारमा पुरयाउने गरेका छन् । चोर बाटो प्रयोग गरेकाले संकराचार्य गेट नजिक रहेका प्रहरी चौकी इनर्वाका प्रहरीहरु डयुटी खर्च बुझनको निम्ति युनिफर्म लगाई डयूटी जनाउने गरेको बताइन्छ ।

Comments (0)
Add Comment