बिरगंज महानगरपालिकामा लगाइएको कर्फ्यु सर्वसाधारणलाई दुख दिने बाहेक केही होइन : महानगर प्रमुख सरावगी

उमेश दुबे
पर्सा, १० श्रावण / पर्साको बिरगंज महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको कर्फ्यु सर्वसाधारणलाई दुख दिने बाहेक केही नभएको महानगर प्रमुख बिजय सरावगीले बताउनु भएको छ । यस अनलाइन सङ्ग कुरा गर्दै बिरगंज महानगरपालिकाका अध्यक्ष बिजय सरावगीले जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको कर्फ्यु सर्वसाधारणलाई दुख दिने बाहेक अरू केही नभएको बताउनु भएको हो ।
उहाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा समितीको बैठकले निर्णय गरेपनी चेकजाच नै नभइ हावातालमा कर्फ्यु लगाइएको बताउनु भयो । सीमामा कर्फ्यु नलगाएर बजार क्षेत्रमा मात्र कर्फ्यु लगाउनुको कुनै औचित्य नरहेको बताउनु भयो । उहाले देश लगायत विश्व ब्यापी फैलिएको कोरोना भाइरसको महामारीको समयमा बिरगंज महानगरपालिका भित्र रहेका नागरिकलाइ कोभिड १९ चेकजाचको निम्ति सम्पूर्ण तयारी पूरा भइसकेपनी काठमान्डुमा सोधेर मात्र चेकजाच हुने भएकोले कार्फ्युको कुनै औचित्य नभएको बताउनु भयो ।
बिरगन्ज महानगरपालिकाका प्रमुख बिजय सरावगीले कार्फ्यु नै लगाउनु थियो भने चेक जाँच किन नहुने भन्दै दुखेसो पोख्नु भयो । कोरोना भाइरसका कारण बिरगंजमा दुई जनाको मृत्यु भयो तर चेकजाच गराउनको निम्ति काठमान्डुमा सोध्नु पर्छ भन्दै रोक समेत लागाइएको सरावगीले बताउनु भयो । आखिर चेकजाच नै गराउन नदिने हो भने कर्फ्यु के को लागि भन्दै प्रश्न उठाएका छन ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको लक डाउनको बिरोध केही युवाहरूले समाजिक संजाल मार्फत गरेका छन । कोरोना चेकजाच नभए आफुहरूले जिल्ला प्रशासन कार्यालयले जारी गरेको लक डाउन मान्य नगरिने भन्दै समाजिक सन्जाल मार्फत बिरोध जनाएका हुन । तसर्थ : नेपाली जनताको जिउधनको लागि ठेक्का लिएका प्रहरी प्रशासनको साथ साथै तीन तहका सरकारको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment