बिकास प्रेमी मेयर उपेन्द्र यादवलाई बिपक्षीहरुले बदनाम गर्न खोजेको युवा नेता रौनियारको आरोप

बारा, १० कात्तिक / बारा जिल्लामा बिकास प्रेमीको रूपमा चिनिने महागढिमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवलाइ बदनाम गर्न खोजिएको युवा नेता राजेश रौनियारले बताएका छन । युवा नेता राजेश रौनियारले यस अनलाइन सङ्ग कुरा गर्दै बिकासको लहर नै चलाएका मेयर यादवलाइ विपक्षीहरूले बदनाम गर्न खोजेको आरोप लगाउनु भयो ।
बारा जिल्लाको मात्र नभएर बिश्वमा नै चिनिने गढिमाइ मन्दिर सौन्दर्यको बिकाशका साथ साथै आफ्नो क्षेत्रमा सडक, नाला निर्माण गर्नुको साथै शैक्षिक क्षेत्रमा समेत बिकास गरिरहेकै समयमा विपक्षीहरू आफ्नो दलाल लगाइ बदनाम गर्न खोजिएको आरोप रौनियारको रहेको छ । केही तुछ मनोवृत्ति भएको पत्रकारलाइ विपक्षीहरूले प्रयोग गर्दै बदनाम गर्न खोजेपनी बिकासको लहर नरोकिने युवा नेता राजेश रौनियारले ठहर गरे ।
आफ्नो क्षेत्रमा कुनै किसिमको बिकासको कार्य गर्नबाट पछि नहटने मेयर उपेन्द्र यादवले बताएका छन । शैक्षिक क्षेत्रको साथ साथै कृषि, सडक, नाला लगायत विश्वमै प्रख्यात गढिमाइ मन्दिरको लागि अगामी आउने दिनमा अझ सौन्दर्य के कसरी बनाउने योजनामा जुटेकै बेला विपक्षीहरू आफ्नो पछि लागेको बताए । उनका अनुसार विपक्षीले जतिपनि आफ्नो पछाडी लागेपनी केही वास्ता नै नगरी अगाडी बढेको बताए ।
विपक्षीहरूको इशारामा हिडने केही पत्रकारले आफुलाइ पटक पटक फोन गरि थर्काउन खोजेको समेत मेयर यादवले बताए । उनका अनुसार विपक्षीहरूले जति पछाडी लागेपनि आफ्नो कार्य इमान्दारिता पूर्वक गर्दै अगाडी बढिरहने बताए । आफ्नो पछाडी विपक्षी लागेकै कारण आफू सफल भएको अभास भइरहेको मेयर यादवले बताए ।
यता युवा नेता राजेश रौनियारले सडयन्त्रकारीहरूले जति सुकै सडयन्त्र गरिरहेपनी केही फरक नपर्ने बताए । बाराको महागढिमाइ नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव माथी विपक्षीहरूले गरिरहेको सडयन्त्र कहिलेपनी पूरा हुन नसक्ने बताए । उहाले बिकास प्रेमीको रूपमा मानिने मेयर उपेन्द्र यादवको समर्थनमा सबै युवाहरू एक ढिक्का भइ अगाडी बढने बताए ।

Comments (0)
Add Comment