बालविवाह, दाईजो प्रथा, बहुविवाह बिरुद्ध सडक नाटक सहितको सचेतना कार्यक्रम फेटामा सम्पन्न

उमेश दुबे
बारा, १२ माघ ÷ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शनिवार जिल्ला बारा फेटा गाउपालिका वडा नं. ३ स्थित फेटा बजारमा बालविवाह, दाईजो प्रथा, बहुविवाह बिरुद्ध सडक नाटक सहितको सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध सडक नाटक सहितको बृहत सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकासराज खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख आतिथ्यता बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि फेटा गाउपालिकाका अध्यक्ष तथा अतिथिहरु फेटा गाउपालिका अन्तरगत ७ वटै वडाका वडाध्यक्षहरु, जिल्ला स्थित महिला संजालका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न स्कुलका प्रधानाध्यापकहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरु, बुद्धिजिवीहरु, अविभावक तथा विद्यार्थी समेत गरी अन्दाजी ८५० जना व्यक्तिहरुको उपस्थित रहेको थियो ।
उक्त अवसरमा बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध सन्देश मुलक सडक नाटक प्रस्तुत गर्नुको साथै सो सम्बन्धी कानुनी व्यवस्थाका सम्बन्धमा प्रहरी निरीक्षक शेख अदालतबाट मल्टिमिडिया मार्फत प्रस्तुतिकरण गरिएको थियो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, फेटा गाउपालिका अध्यक्ष अमिरीलाल प्रसाद, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकासराज खनाल, महिला संजालका अध्यक्ष बविता जैसवाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

Comments (0)
Add Comment