बारामा तस्कर र प्रहरी बिच झडप हुदा दुई जना घाइते

बारा, १२ कार्तिक / बाराको कवहीगोठमा तस्कर समूह र प्रहरी बिच झडप हुदा २ जना घाइते भएका छन । भारतबाट अवैध तरिकाले प्याज नेपाल भित्रयाउदै गरेको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर समूह र स्थानीय प्रहरी बिच झडप भएको हो ।
इलाका प्रहरी कार्यालय कवहिगोठबाट प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरिको कमान्डमा खटिएको टोलिले अवैध तरिकाले नेपाल भित्रिदै गरेको अवस्थामा प्याज सहित भारतीय मोटरसाइकल २ थान नियन्त्रणमा लिन सफल भएको थियो । कवहिगोठबाट खटिएका टोलि माथी स्थानीय केही व्यक्तीको सहयोगमा तस्कर समुहले इलाका प्रहरी कार्यालय घेराउ गर्न खोज्दा झडप समेत भएको बारा प्रहरीले जनाएको छ । झडपमा प्रहरी नायब निरीक्षक बिरेन्द्र सहनी घाइते हुनसाथ प्रहरीले आश्रु ग्यास चलाएको र त्यसबाट एक जना घाइते समेत भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले बताउनु भयो । घाइते भएका सुवर्णगाउपालिका वडा नम्बर २ निवासी करीब १५ बर्सिय रन्जन यादवलाई बिरगंज स्थित रहेको बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले बताउनु भयो ।

Comments (0)
Add Comment