प्रधानमन्त्रीद्वारा विद्युतीय मतदानको सुरुवात

काठमाडौं, माघ २५  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय मतदानको पूर्वाभ्यास गरेका छन्। स्थानीय तहको निर्वाचनमा प्रयोग गर्ने तयारीका लागि निर्वाचन आयोगले विद्युतीय मेसिनबाट मतदानको पूर्व अभ्यास गराएको हो।

प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने ३१ दलका प्रतिनिधिले निर्वाचन आयोग पुगेर नमुना मतदान गरे।

निर्वाचन आयोगले दलहरुलाई बोलाएर नमुना मतदान गराएको हो। संविधानसभाको निर्वाचन र उप-निर्वाचनमा केही क्षेत्रमा विद्युतीय मेसिनको प्रयोग गरिए पनि स्थानीय तहको निर्वाचनमा आजसम्म विद्युतीय मेसिन प्रयोग भएको छैन।

Comments (0)
Add Comment