नेपाल प्रहरी र सस्त्र प्रहरीको सहयोगमा बाराको सिम्रौणगढबाट तस्करी शुरू

उमेश दुबे
बारा, २० माघ / बारा जिल्लाको सिम्रणगढबाट नेपाल प्रहरी तथा सस्त्र प्रहरीको मिलोमतोमा तस्करी कार्य शुरू भएको छ । बारा र रौतहट जिल्लाको सिमाना नाका लगायत खजानिसम्म प्रहरीकै सेटिङमा तस्करी कार्य फस्टाएको हो ।
बोर्डर आउटपोस्ट गोलागन्ज र इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुख प्रहरी निरीक्षकद्वयको सेटिङमा तस्करी कार्य शुरू भएको छ । नेपाल र भारतको सिमाना नाकाबाट तस्करी कार्य शुरू हुनसाथ तस्करहरू सिम्रौणगढ नाकालाई अखडाको रूपमा प्रयोग गरेको पाइएको छ । आज करीब ७ बजेको समयमा नेपालबाट भारततर्फ गइरहेको कस्मेटिकका ५० कार्टुन समान इलाका प्रहरी कार्यालय सिम्रणगढबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिएपनी १० कार्टुन मात्र नियन्त्रणमा लिनु नै रकमी चलखेल रहेको बारे प्रष्ट पार्दछ ।
प्रहरी निरीक्षक धमलाको कमाण्डमा खटिएको टोलिले बाराको खजानी नाकामा पर्ने कवलपूर ढाटबाट कस्मेटिकको समान पक्राउ गरेपनी मोटो रकमको नजराना बुझी ४० कार्टुन कस्मेटिक समान छोडेको श्रोतको दाबी रहेको छ । श्रोतले जनाए अनुसार प्रहरी निरीक्षक धमला रातिको समयमा ठुलै लाइनहरू चलाउन लगाएको आरोप लगाएका छन ।
त्यस्तै बाराको सिम्रौणगढमा रहेको बिओपी गोलागन्जका प्रमुख सस्त्र प्रहरी निरीक्षक गणेशलाल श्रेष्ठले पनि धमला भन्दा पनि के कम छन र ? सस्त्र प्रहरी निरीक्षक गणेशलाल श्रेष्ठ र खगेन्द्र धमलाले हालको समयमा चौकी र सस्त्र क्यामपलाइ लूटतन्त्रको रूपमा प्रयोग गरेको पाइएको छ । सिम्रौणगढ् नाकाबाट कस्मेटिक समान लगायत कपडा र चल्लाको तस्करी कार्य समेत त्यस्तै बढेको श्रोतको दाबी रहेको छ । श्रोतले जनाए अनुसार प्रती दिन सिम्रौणगढ नाकाबाट करोडौको मालसमान अबैध तरिकाले आयात निर्यात भएपनी नेपाल प्रहरी तथा सस्त्र प्रहरीको मौन रहेकोले तस्करीमा सहयोग पुरयाएको बारे प्रष्ट पार्दछ ।

Comments (0)
Add Comment