टयांकर चालकहरूद्वारा आयल निगम क्षेत्रीय कार्यालय अगाडी प्रदर्शन

वीरगंज, ३२ जेष्ठ ।
नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगंजले पेट्रोलियम पदार्थ बोक्ने टयांकरहरूलाई चलान वितरणमा विभिन्न बखेड़ा झिकेर ढिलाई गरेको भन्दै टयांकर चालकहरूले विरोध जनाएका छन ।
पर्सा बाराका लागी पेट्रोलियम पदार्थ बोक्ने टयांकर चालकहरूले आयल निगमको क्षेत्रीय कार्यालय वीरगंज अगाडी १ घण्टा विरोध प्रदर्शन गरेका हुन । इण्डियन आयल निगममा पेट्रोलियम पदार्थ लिन जानका लागी कार्यालयले वितरण गर्ने चलानमा भेदभाव गर्ने गरेको टयांकर चालकहरूले आरोप लगाएका छन ।
यता आयल निगम क्षेत्रीय कार्यालय प्रमुख राम कुमार न्यौपानेले टयांकरहरू लाई वितरण गरिने चलानमा कुनै प्रकारको भेदभाव नहुने दावी गर्छन,ईण्डियन आयल निगममा एकै चोटी सबै टयांकरहरूलाई तेल लोड गर्ने व्यवस्था नरहेकोले केही समयको अन्तरालमा चलान दिदा विरोध भएको हुन सक्ने बताउनु भयो ।
ईण्डियन आयल निगममा टयांकरमा लोड गर्ने नोजल बिग्रिएको कारण वीरगंजमा पेट्रोलियम पदार्थको अभाव देखिएको बताउँदै छिट्टै समस्या समाधान हुने जानकारी दिनु भयो ।

Comments (0)
Add Comment