अब जीतपुरमा ठुलो आन्दोलन हुन्छ : मनोज कुमार साह

जितपुर, १० मन्सिर / बारा जीतपुरका समाज सेवि तथा युवा मनोज कुमार साहले पुन: आन्दोलनमा उत्रीने चेतावनि दिएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा रोड विभागले बाटो निर्माणमा ढिलाई गरेको भन्दै बारमबार चक्का जाम गरि विरोध पर्दशन गरिरहदा रोड विभाग द्वारा बारमबार समय थप गरि जीतपुर बासिले हिन्दुहरूको पर्व छठ पछि रोडको काम तिब्र गतिमा शुरू हुने रोड विभागले अन्तिम समय लिएको थियो ।
पटक पटक विरोध पर्दशन गरे पछि रोड विभागद्वारा २ चोटि समय थप गरि छठ बिते लगतै जसरि पनि जीतपुरमा सडक नर्माण तिव्रगतिमा शुरू गरिने रोड विभाग र स्थानिय विच मौखिक सम्झौता गरिएको थियो । रोड विभागद्वारा छठ विते लगतै काम शुरू गर्ने भनिएको थिय‍ो तर आज छठ बितेको ४ दिन भई सक्दा पनि सडकमा कुनै पनि काम शुरू भने भएको छैन ।
तोकिएको समयमा काम शुरू नभए पछि पुन जीतपुरका स्थानियहरू आक्रोशित भएका छन् र पुन: आफुहरू आन्दोलनमा आउने चेतावनि दिएका छन् । जीतपुरका युवा मनोज कुमार साहले भने रोड विभागले जीतपुरलाई जानि जानि हेला गरेझै गरिरहेको छ अब हामी यो हेलाको विरोध गर्दै आक्रमक आन्दोलनमा आउने बताउदै एउटा प्रेस विज्ञप्ति निकालेका छन् ।

Comments (0)
Add Comment