अबैध तरिकाले नेपाल भित्रिएको लगातार भैसीको नियन्त्रणले छटपटाए दलाल

पर्सा, १५ श्रावण / पर्सा जिल्लाको विभिन्न नाका हुँदै तस्करी कार्य सुचारू भएपनी सीमामा खटिएका सशस्त्र प्रहरी मुखदर्शक बन्न पुगेका छन । सीमा सुरक्षाको साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा निगरानी बढाउनको निम्ति खटिएका सशस्त्र प्रहरीले तस्कर संगठन सङ्ग मासिक लाखौ रूपैया नजराना बुझी तस्करीको कार्य सुचारू गरेकै बेला सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गणबाट टोलि सकृय भएको हो ।
पर्सा जिल्लाको विभिन्न नाका भन्दा पनि हालको समयमा भिस्वा, सबैठवा, अमरपटी, ड्राइपोर्ट, बिरगंज भन्सार हुँदै तस्करीको कार्य तिब्र रूपले अगाडी बढेको बताइन्छ । भिस्वा हुँदै करीब ५ जनाको समुहमा तस्कर संगठन तस्करी गर्न सकृय रहेका छन भने सबैठवा हुँदै ३ जना, अमरपटी हुँदै ३ जना, ड्राइपोर्ट हुँदै २ जना र बिरगंज भन्सार हुँदै ३ जनाको समुहमा रहेको तस्कर संगठन आफ्नो कार्य गर्न सकृय रहेका हुन ।
पर्सा जिल्लाको विभिन्न नाका हुँदै भइरहेको तस्करी बारे सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी चन्द्र प्रकाश गौतमलाई खबर जानसाथ ४० नम्बर गणबाट टोलि परिचालन गरेका थिए । ४० नम्बर गणबाट टोलि परिचालन हुनासाथ एक रातिमा मात्र १० लाख बराबरको अबैध तरिकाले भित्रयाएको कुखुराको चल्ला, भैंसी र चल्ला बोकेको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिन सफल भएको थियो । बुधवार साझबाट विभिन्न ठाउमा एम्बुस थापेर बसेका सशस्त्र प्रहरी बलको टोलिले करीब १० लाख बराबरको अबैध तरिकाले भित्रिएको भैंसी र चल्ला बरामद गरिएको थियो ।
यता ४० नम्बर गणबाट खटिएको टोलिले पक्राउ गरेको भोलि पल्टै बिहिबार राती ४ गोटा भैंसी पक्राउ समेत गरेको छ् । तस्कर समुहले अमरपटी नाका हुँदै नेपाल भित्रयाएको भैसीलाइ बोर्डर आउट पोस्ट अलौबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमान्डमा खटिएको टोलिले ४ गोटा भैसीलाइ नियन्त्रणमा लिएको हो । लगातार २ दिन भैंसीको नियन्त्रणले तस्कर संगठन सङ्ग सहकार्य गरेका केही दलाल प्रविर्तीका पत्रकार छटपटाउन थालेको बिषयमा एक समाचारले प्रमानित समेत गरि सकेको छ । चल्ला र भैसीको पक्राउले कमिसनमा लिप्त रहेका पत्रकारले उल्टै पक्राउ गर्ने प्रहरीलाई विभिन्न आरोप प्रत्यारोप लगाउदै बदनाम गर्न खोजिएको प्रष्ट भएको छ ।
अमरपटी नाका हुँदै नेपाल भित्रिएको चल्ला र भैसीका कारण अमरपटी बेसका कमान्डर समेत फेरिएका छन । तर केही पत्रकारिता पेशालाइ बदनाम गर्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै सशस्त्र प्रहरी निरीक्षक अधिकारीले यस अनलाइनमा गुनासो पोखे । उहाले आफ्नो चरित्र हत्या गर्ने पत्रकारलाइ, पत्रकारिता पेशालाइ बदनाम नगरी सत्य तथ्य र निश्पछ ढङ्गले पत्रकारिता गर्न अनुरोध समेत गर्नुभयो । यस्तै हावामा समाचार सम्प्रेषण गरि कसैको चरित्र हत्या गर्न पाइदैन उनले बताए ।

Comments (0)
Add Comment