अनावश्यक रुपमा कर बृद्धि गरेको भन्दै पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघद्वारा आन्दोलन स्वरूप किराना पसल बन्द

वीरगंज १ भाद्र / अनावश्यक रुपमा कर बृद्धि गरेको भन्दै पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघले आज बारा पर्साको वीरगंज लगायत जितपुर सिमरा पथलैयामा किराना पसलहरु पूर्ण रुपमा बन्द गरेका छन । संघले दैनिक उपभोगको सामानहरुमा दिनहु मुल्य बृद्धि भएकोले त्यसलाई नियन्त्रण गर्न सबै करबाट मुक्त गर्नु पर्ने, प्यानमा ५० लाख सम्मको कारोबार गर्दै आएकोमा यस आर्थिक बर्ष देखि ५० लाख लाई बढाएर १ करोड सम्म प्यान बाटै व्यापार गर्न पाउनु पर्ने, भ्याटमा दिएको छुटमा कुनै किसिमको फेर बदल नगरी साबिक बमोजिम हुनु पर्ने, व्यक्तिगत नाममा साबिक बमोजिम आर्थिक बर्ष २०७६/७७ मा पनि १० हजार सम्मको बिल काटन दिने र कुनै किसिमको जरिवाना गर्न नपाईने तथा अव्यवहारिक कर खारेज गरी १३ प्रतिशतमा रहेको भ्याटलाई १८ प्रतिशत कायम गर्ने व्यवस्था मिलाउन माग गर्दै आज आज एक दिन सांकेतिक विरोध स्वरुप पसल प्रतिष्ठानहरु बन्द गराएका हुन ।
?
सरकारले आफूहरुको माग पुरा नगरे अझ कडा आन्दोलनमा उत्रने चेतावनी पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहाले दिनुभयो ।

Comments (0)
Add Comment