Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले खोल्यो पर्साबाट तस्करीको लाइन

268

पर्सा, ७ मंसिर / सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरी बल नेपालले सीमा हुँदै तस्करीको लाइन सुचारू गरेको पाइन्छ । प्रदेश नम्बर २ को अधिकान्स जिल्लाहरूबाट तस्करीको लाइन सुचारू गरेपनी पर्सा जिल्ला अग्रिम स्थानमा रहेको पाइन्छ ।
मुलूककै आर्थिक नगरी भनेर चिनिने बिरगंज र पर्सा जिल्लाको ग्रामिण भेगहरूबाट तस्करीको लाइन सुचारू गरिएको छ । सशस्त्र प्रहरीले मासिक नजराना बुझने गरेकै कारण सीमा हुँदै प्रती दिन करोडौ बराबरको मालसमान अबैध तरिकाले आयात निर्यात हुने गरेको पाइन्छ । सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाललाइ पाएपनी त्यसको फाइदा उठाउदै ठुला बडा तस्करहरू सङ्ग मोटो रकमको नजराना बुझी सीमा हुँदै तस्करीको लाइन सुचारू गरेका हुन ।
पर्सा जिल्लाको अमरपट्टि नाका हुँदै सशस्त्र प्रहरी बल नेपालकै माथिल्लो निकायको आदेशमा तस्करीको लाइन सुचारू गरेको पाइन्छ । स्थानीय बोर्डर आउट पोस्ट इटियाहीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक होम खत्रीकै मिलोमतोमा तस्करीको लाइन सुचारू गरिएको छ । अमरपट्टि नाका हुँदै कपडा, हार्डवेयर र जुता चप्पल तस्करी हुने गरेको छ । आफ्नो माथिल्लो निकायलाइ खुस पार्दै सशस्त्र प्रहरी नायब निरीक्षक खत्रीले सीमा नाकालाइ कमाइ खाने भाडो बनाएको स्थानीयले आरोप लगाएका छन ।
स्थानीयका अनुसार अमरपट्टि नाका हुँदै नूनदेखी सुनसम्मको तस्करी भएपनी स्थानीय सशस्त्र प्रहरी बलका कर्मचारी रकममा लिप्त हुने गरेको बताएका छन । आफ्नै दाइ सशस्त्र प्रहरी बल नेपाल संगठन भित्र डिएसपी रहेको र उनको पावरकै कारण सीमा नाकाबाट दिनहु तस्करीका मालसमान आयात निर्यात गर्नलाइ छुट समेत गरिएको बताइन्छ । माथिल्लो निकायसम्म घुमुवाको माध्यमले रकम असुल गर्न थालिएपछी तस्करीको लाइन सुचारू गरिएको एक जना सशस्त्र प्रहरीकै कर्मचारीले नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन ।
प्रती दिन रातिको समयमा तस्कर संगठनका कुख्यात तस्करलाइ क्याम्प मै बोलाउने र मदिरामा धुत हुने गरेको उनले दाबी गरे । सशस्त्र प्रहरी नायब निरीक्षक होम खत्री र सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरी हवलदार बशिस्ट पटेलको मिलोमतोमा तस्करीको लाइन सुचारू भएको उनले ठोकुवा गरे । अमरपट्टि नाकाको बिषयमा पटक पटक सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकालाइ जानकारी गराइरहेपनी केही वास्ता समेत नगरिएको स्थानीयहरूले आरोप लगाए । यस बिषयमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका सङ्ग सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहेन्न ।

Leave A Reply

Your email address will not be published.