Ultimate magazine theme for WordPress.

बाराको सीमा हुदै हुन्छ लागू औषध गाजाको कारोबार, ५० किलो ग्राम सशस्त्र प्रहरीद्वारा पक्राउ

136

बारा, ७ मंसिर / लागू औषध गाजा तस्करी हालको दिनमा विभिन्न जिल्लाहरूमा फस्टाउदै गएको बिषयमा उजागर हुन थालिएको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीले चलाएको अभियान अन्तर्गत प्रदेश नम्बर २ को विभिन्न जिल्लाहरूमा करीब २५ बिगहामा लगाइएको गाजा खेती नस्ट र सीमा नाकामा गाजा बरामद गर्नुले लागू औषध गाजा तस्करी बढेको बिषयमा उजागर हुन थालिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले आज बिहान करीब १ बजेको समयमा लागू औषध गाजा बरामद गरेको छ । बाराको चिकनी बेलदारी नाका हुँदै लागू औषधको कारोबार हुने गरेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले पक्राउ गर्न सफल भएको हो । टाउकोमा बोकि लागू औषध गाजा भारतसम्म पुग्ने गरेको बिशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिको टिमलाई हेर्नसाथ गाजा तस्कर फरार भएपनी लागू औषध गाजा ५० किलोग्राम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बाराको चिकनी बेलदारी नाका हुँदै भारततर्फ गइरहेको ५ पोका लागू औषध गाजा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । ५ वट्टै पोकामा करीब ५० किलोग्राम लागू औषध गाजा रहेको सशस्त्र प्रहरीले जनाएको छ । यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले लागू औषध कारोबारीलाई कुनै हालतमा उम्किन नदिने बताएका छन । लागू औषध गाजा, अफिम, चरेस लगायत कुनै किसिमको अपराधी क्रियाकलापका साथ साथै गैर कानूनी कार्य गर्नेहरूको समुहलाइ आफ्नो कार्यकालमा तह लगाएरै छोडने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.