Ultimate magazine theme for WordPress.

सुपारी, मरिच बोकेको ट्रयाक्टर पर्सा प्रहरीको नियन्त्रणमा

322

पर्सा, ११ असोज ÷ पर्सा जिल्लाको दोश्रो ठुलो नाकाको रुपमा चिनिने भिष्वामा गइरहेको सुपारी सहितको ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगंजबाट भिष्वा तर्फ जादै गरेको ट्रयाक्टरमा सुपारी, मरिच र छोकडा लोड रहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सुपारी सहितको ट्रयाक्टर नियन्त्रणमा लिन सफल भएको हो ।
प्रदेश २—०३—००१ त ०००१ नम्बरको आइचर ट्रयाक्टरमा सुपारी, छोहडा, मरिच, केराउ लोड रहेको बिशेष सुचनाको आधारमा भिष्वातर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्रयाक्टरमा ४६ बोरा सुपारी, १५ बोरा छोहडा, १० बोरा केराउ र ५ बोरा मरिच रहेको प्रहरीले जनाएको छ । नेपालबाट नेपामा लानको निम्ति कुनैपनि हालतमा रोक्न नपाइने भएपनि ४६ बोरा सुपारी किन र के का लागी लगिरहेको बारे छर्लङ भएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेका अनुसार पक्राउ गरिएको सुपारी सहितको ट्रयाक्टर अवाश्यक कारवाहीको लागी वीरगंज भन्सार पठाइने तयारी गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.