Ultimate magazine theme for WordPress.

हुण्डी कारोबार गर्ने दुई जना पर्सा प्रहरीको फान्दामा

168

पर्सा, ३१ भाद्र / बिरगंजबाट हुण्डी कारोबार गर्ने दुई जनालाई पर्सा प्रहरले पक्राउ गरेको छ । बुधवार दिउँसो करिब २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले माइस्थानबाट हुन्डी कारोबार गर्ने दुई जनालाइ पक्राउ गरेको हो ।
बिरगंजको माइस्थान चौक अगाडी रहेको कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरी भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले उक्त ज्वेलर्स भित्र रितपुर्वक खानतलासी गर्दा श्रोत नखूलेको नेपाली नगद रू.३८,५१,१००।–(अठतीस लाख एकाउन्न हजार एक सय) फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
संचालक ४५ बर्सिय कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने व्यक्ति जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.३ बस्ने बर्ष २० को दिपक कुमार सर्राफलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.