Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल नेपाल नसुध्रिए सीमाबाट सबै किसिमका सवारी साधन ठप्प पार्ने भारतीय प्रहरीको चेतावनी

646

पर्सा, २२ असार / विश्व ब्यापी फैलिएको कोरोना भाइरस नियन्त्रणको नाममा सीमा नाकामा सशस्त्र प्रहरीले सर्वसाधारण माथी अपशब्द प्रयोग गर्दै लाठी प्रहार समेत गरेको प्रमाण फेला परेको छ । सीमामा कडाइ गरिएको सशस्त्र प्रहरी बल नेपालले दाबी गरिरहेकै बेला सीमाबाट हुने अबैध कृयाकलापलाइ नेपाल प्रहरीले छताछुङ्ग गरेपनी सशस्त्र प्रहरीले भारतीय सर्वसाधारण माथी लाठी प्रहार गरेका हुन ।
रोटि बेटिको सम्बन्ध रहेको नेपाल-भारतको सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले आफ्नो मनमौजी पाराले अबैध समाग्री ओसार पोसार गर्नेहरू सङ्ग रकम खाने गरेको र सर्वसाधारण माथी लाठी प्रहार गर्ने गरेको एक भिडियोले प्रमानित गरेको छ । कोरोना कहरको समयमा केही बिबाद उतपन्न नभएपनी हालको समयमा रोजि रोटिका लागि भारतीय नागरिक नेपाल आउने गरेको तथा नेपाली नागरिक भारत जाने गर्दछन । तर आफ्नो इमान्दारिता दर्साउनको निम्ति र आफ्नो आकालाइ देखाउनको निम्ति लक डाउन खुकुल्लो भएको स्थितीमा भारतीय नागरिक माथी सशस्त्र प्रहरीले लाठी प्रहार गरेको पाइन्छ ।
आइतवार साझ बिरगंज पुगेका केही भारतीय नागरिक माथी सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरू गाली गलौज दिनुको साथै लठी प्रहार गरेका थिए । जसका कारण नेपाल भारतको सीमामा रहेको मितेरी पूलमा घन्टौ तनावको सामना गर्नु परेको भारतीय नागरिकहरू बताउछन । बिरगंजबाट रक्सौल जान लागेको सर्वसाधारण माथी सशस्त्र प्रहरीले लठी प्रहार गर्दा भारतीय नागरिक केही बेर नेपाली नम्बर प्लेटका मोटरासाइकल, ट्रक लगायतका सवारी साधनमा रोक समेत लगाएका थिए । भारतीय नागरिकका अनुसार भारतीय नागरिक नेपाल प्रवेश गर्दा कोरोना सर्छ भने नेपाली नम्बर गाडीमा नेपाली नागरिक भारत पुग्दा कोरोना सर्दैन र ? भन्दै आक्रोश ब्यक्त गरेका थिए ।
यता सीमामा बिवाद हुनासाथ घटना स्थल पुगेका भारतीय प्रहरीले आफुहरू एकचोटी नेपाल प्रहरी सङ्ग कुरा गर्ने र कुरा नमाने आफुहरू पनि बाध्य भएर नेपाल प्रहरी जस्तै सीमामा कडाइ गर्ने बताए । एक जना भारतीय प्रहरीका अनुसार रोटि बेटिको सम्बन्ध सुदृढ बनाउनको निम्ति जस्तो सुकै हद तोडन तयार छौ तर नेपाल प्रहरीले बाध्य पारे आफुहरू सीमाबाट कुनै किसिमको सवारी साधन जान नदिने बताएपछी स्थानीयले रोकेको नेपाली नम्बर गाडी छोडेका थिए ।

Leave A Reply

Your email address will not be published.