Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’को स्थापना

271

उमेश दुबे
बारा, १ असोज ÷ सीमा नाकाको सुरक्षाको लागि महोत्तरीको बर्दिवास नगरपालिका ४ मा सशस्त्र प्रहरीले ‘रिजर्भ गण’ स्थापना गरेको छ । बर्दिवास स्थित सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’को हेड क्वाटर एक कार्यक्रमका बीच स्थापना गरिएको हो । ‘रिजर्भ गण’ को बाहिनी कार्यालयका डिआइजी (बाहिनीपति) कृष्णभक्त ब्रम्हचार्यले स्थापना भएको जानकारी दिनुभयो ।
रिर्जभ गणले बिशेषत् सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ती परिचालनको लागि काम गर्न भन्दै नेपाल सरकार मन्त्रीपरिषदको बैठकले मिति २०७७ असार २९ गते ‘रिर्जभ गण’को स्थापना गर्ने निर्णय गरेको थियो । गणले विपद व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको बारेमा काम गर्ने र प्रदेश–२ को दुई स्थानमा एसपीको नेतृत्वमा रिर्जभ गणको स्थापना भएको बाहिनीपति कृष्णभक्त ब्रम्हचार्यले बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीको मातहत एउटा र अर्को बारामा रहेको छ । बर्दिबास स्थित गणमा एसपी सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ जना जनशक्ति परिचालन हुनेछन् । गणले सीमा थपिने वीओपीहरुमा जनशक्ती परिचालन र व्यवस्थापन गर्ने रिर्जभ गणका एसपी बुढाथोकीले जानकारी दिनुभयो । प्रदेश२ का ८ वटै जिल्ला सीमासँग जोडिएको छ । प्रदेश भरी ४ सय ६४ किलोमिटरको नेपाली भू–भाग भारतसंग जोडिएको छ । आठ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ ठूला—साना सीमानाका रहेका छन् । सीमा सूरक्षाको लागि प्रदेश २ अन्तर्गत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र बारामा नयाँ वीओपीहरु थप गरिने प्रदेश २ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलले रिर्जभ गण स्थापना तथा वीओपीका थप पोष्ट र जनशक्ति बढाएसँगै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने सीमाक्षेत्रका सर्वसाधारणले बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’को स्थापना कार्यक्रममा प्रदेश नम्बर २ कै सबै गणपतिहरुको उपस्थित रहेको सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.