Ultimate magazine theme for WordPress.

लागु औषध अफिम सहित अन्सारी सशस्त्र प्रहरीको नियन्त्रणमा

367

उमेश दुबे
बारा, ३० भाद्र / लागू औषध अफिम बोकि भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले एक जनालाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट खटिएको बिशेष टोलिले सीमा नाकाबाट लागू औषध अफिम सहित एक जना नेपाली नागरिकलाइ पक्राउ गरेको हो ।
लागू औषध हफिम बोकि भारततर्फ जाँदै गरेको विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजितको आदेशमा खटिएको बिशेष टोलिले दसगजा क्षेत्रबाट नेपाली नागरिकलाइ नियन्त्रणमा लिन सफल भएको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ इनर्वाको दशगजा क्षेत्रबाट लागू औषध सहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक कर्णजितले जानकारी दिनुभयो । उहाले पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नम्बर ७ पकडिया बस्ने ६२ वर्षिय सहजमान मिया अन्सारी रहेको र निजबाट २ किलोग्राम अफिम बरामद भएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.