Ultimate magazine theme for WordPress.

लक डाउनको मौका छोप्दै अबैध तरिकाले गिट्टी बालुवा उत्खनन हुनुको साथै काठ तस्करीमा वृद्धि, प्रमुख जिल्ला अधिकारी मौन

260

उमेश दुबे
बारा, ८ जेष्ठ / बाराको पासहा खोलाबाट अबैध तरिकाले गिट्टी बालुवा उत्खनन भइरहेपनी जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी मौन बसेका छन । पसहा खोलामा स्काभेटर नै प्रयोगमा ल्याइ तस्कर संगठनहरूले गिट्टी बालुवा उत्खनन गरिरहेपनी प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पडित मौन बसेका हुन ।
विश्वभरी कोरोना भाइरसले आतन्क मचाइरहेकै बेला तस्कर संगठनले आफ्नो अबैध तरिकाको कार्य सुचारू गर्नु प्रमुख जिल्ला अधिकारीकै निर्देशन हुन सक्ने आशन्का गरिन थालिएको छ । दिन रात पसहा खोलाबाट अबैध तरिकाले गिट्टी बालुवा उत्खनन् हुनु माथिल्लो दर्जाकै इशारा रहेको बारे प्रमानित गर्दछ ।
यता जिल्ला बन कार्यालय सिमरा अन्तर्गत पर्ने खोला नालाबाट गिट्टी, बालुवा र हरियो बन जङ्गलका रूखहरू समेत फडानी हुन थालिएको छ । नेपाल देश सानो भएपनी हरियो बन जङ्गलले बिश्वभरी प्रसिद्ध रहेको बारे दुइमत नरहेपनी केही कर्मचारीको गलत नियतिले बर्बाद हुँदै गएको स्थानियहरू बताउछन । केही कर्मचारी र तस्करहरूको साटघाट भए पश्चात् काठ तस्करीको साथ साथै नदि नालाबाट अबैध तरिकाले गिट्टी बालुवा तस्करी हुन लागिएको स्थानीयले आरोप लगाएका छन ।
जिल्ला बन कार्यालय सिमराका प्रमुख मन्जुर अहमदकै इशारामा जिल्लाको विभिन्न ठाउहरूमा रहेको बन जङ्गलबाट अबैध तरिकाले रूखहरू फडानी गरि बिक्री बितरण भइरहेको समेत खुल्न आएको छ । प्रहरी प्रशासनको साथ साथै बन अधिकृत समेत तस्कर सङ्गको सहकार्य भइसके पश्चात् उक्त तरिकाको कार्यहरू भइरहेको श्रोतको दाबी रहेको छ । बाराको धर्मनगर हुँदै रातिको समयमा काठ तस्करी हुनु प्रमुख मन्जुर अहमदको समन्वय रहेको बारे प्रमानित गर्दछ ।
दिनभरी गिट्टि बालुवा उत्खनन् तथा रूख कटान हुन्छ र रातिको समयमा काठ तस्करहरू प्रहरी प्रशासनलाइ समन्वय गरि फडानी गरिएको काठ्हरू विभिन्न चिरानहरूसम्म पुर्याउने कार्य भइरहेको स्थानीयले जनाएका छन । प्रहरी प्रशासन र बन कर्मचारी मात्र नभइ स्थानीय निकायका केही नेता समेत उक्त कार्यमा सन्लग्न रहेको बताइएको छ । उहाले आफ्नो नाम नछाप्ने सर्तमा जबसम्म प्रहरी प्रशासन र बन कर्मचारी घुसको पैसा लिन छोडदैन्न तबसम्म अबैध कार्य रोकिन नसक्ने बताउनु भयो ।
बारा जिल्लाको विभिन्न ठाउहरूमा रहेका हरियो बनलाइ संरक्षण गर्नुको साटो सखाप पार्ने गिरोह माथी जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवालाको ध्यान जान अति अवाश्यक देखिन्छ । यस्ता क्रियाकलाप गर्नेहरू माथी कारवाही हुन्छ कि हुदैन हेर्न बाकी छ ।

Leave A Reply

Your email address will not be published.