Ultimate magazine theme for WordPress.

खानलाइ समेत समस्या भएको बेला घर भाडा कसरी तिर्ने भन्दै प्रदेश सरकारलाइ गुहारे सर्वसाधारण

123

उमेश दुबे
पर्सा, ८ जेष्ठ / विश्वभरी फैलिएको कोरोना भाइरस कहरको बेला डेरा लिइ बस्ने नेपाली नागरिकको पीडा थपिदै गएको छ । नेपालमा बढदै गएको कोरोना सन्क्रमितको संख्या बढ्दै गएपछी नेपाल सरकारले जारी गरेको लक डाउनमा डेरा गरि बस्नेहरूको पीडा थपिदै गएको हो ।
नेपालको विभिन्न ठाउहरू बाट आएका नेपाली नागरिकको घर भाडामा वृद्धि हुनको साथै लक डाउनको समयमा जागिरबाट बन्चित भएपनी घर भाडालाइ लिएर पीडा थपिएको बिरगंज वडा नम्बर १४ का ओम कुमारले बताउनु भयो । यस्तो महामारीको समयमा प्रदेश सरकारले घर भाडा नलाग्ने भासण गरेपनी घरधनिले प्रती महिनाको रकम लिने गरेको बताए । उनले आफू सरकारी जागिरे नभएपनी कमाउने खाने ब्यक्ति रहेकोले समस्या थपिएको दुखेसो पोखे ।
नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा सबै कामकाज ठप्प भएको र आफू लगायत सयौको संख्यामा घर भाडा लिइ बसेकाहरूलाइ समस्या खेप्दै आउनु परेको ओम कुमारले बताए । प्रदेश सरकारले लक डाउनको समयमा कुनै किसिमको घर भाडा नलाग्ने अहवान गरेपनी घर भाडा लिने कार्य जारी नै रहेको उनले दुखेसो पोखे । प्रदेश सरकारले मौखिक रूपले अहवान गरेपनी आधिकारिक रूपले केही निर्णय समेत नआएको बुझिन्छ । हालको समयमा खानलाई समेत समस्या भएको बेला घर भाडा कसरी तिर्ने भन्दै ? भन्दै आफ्नो पीडा जन गुनासो डेलि अनलाइनलाई सर्वसाधारणले सुनाए ।
लक डाउनमा डेरा गरि बस्दै आएका सर्वसाधारणलाई आफ्नो पेट चलाउन समेत गारो भएको बेला स्थानीय सरकार, प्रदेश सरकार लगायत केन्द्रिय सरकार समेत मौन बसेका छन । घरमा कमाउने एक जना खाने ८ जना भएकोले आफ्नो स्वासनीको गहना समेत राखी पेट चलाइरहेको अर्का रामचन्द्र यादवले बताए । स्थानीय सरकारले दिएको राहत मात्र भोटको कमाइमा जाने गरेकोले आफुहरू बाहिरबाट आइ घर भाडा गरि बस्नेहरूलाइ केही वास्ता समेत नगरेको उनले दाबी गरे । आफ्नो र आफ्ना बाल बालिकाको पेट पाल्नको लागि दिन रात मिहिनेत गरि प्रती दिन ८ सयदेखी १ हजार कमाउने गरेतापनी हालको समयमा घर भाडा समेत तिर्न नसकेको उनले सुनाए ।
विश्वभरी फैलिएको कोरोना भाइरस कहरको समयमा प्रदेश सरकारले गरिब असहाय घर भाडामा लिइ बस्नेहरूको बिषयमा उचित ब्यवस्थापन हुनुपर्ने बिश्वास समेत बोकेका छन । तर लक डाउन लम्बिदै जादा घर भाडा गरि बस्नेहरूको लागि प्रदेश सरकारले समयमै कदम चाल्न अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.