Ultimate magazine theme for WordPress.

श्रीसिया नाका बन्यो तस्करहरुको अखडा, यसरी हुन्छ श्रीसिया नाकाबाट अवैध कारोवार (भिडियो सहित)

706

उमेश दुबे
पर्सा, ८ माघ ÷ पर्साको श्रीसिया नाका हालको समयमा तस्करहरुको अखडा बन्दै गएपनि प्रहरी प्रशासन मौन रहेका छन् । श्रीसिया नाका हु“दै नुनदेखी सुनसम्मको तस्करी भइरहेपनि प्रहरी प्रशासन मोटो रकमको नजराना बुझे पश्चात मौन रहेका हुन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा श्रीसिया नाका दिनहु करोडौ बराबरको मालसमान अवैध तरिकाले आयात निर्यात भएपनि मौन बसेको दुखेसो स्थानियले पोखेका छन् । रात न दिन श्रीसिया नाका हुदै मरिच, केराउ, छोहडा, कपडा, हार्डवेयर, गाई लगायतको तस्करी तिब्र रुपले अगाडी बढेको स्थानियले बताएका छन् । स्थानियले बताए अनुसार भारतीय नम्बर मोटरसाइकलमा छोहडा र मरिचको तस्करी तिब्र रुपले बढेको बताए । प्रति दिन ४० देखी ५० वटा भारतीय मोटरसाइकलमा मरिच र छोहडाको तस्करी कार्य भइरहेको छ भने भारतबाट कपडा, हार्डवेयर, गाईको तस्करी भइरहेको स्थानियले बताए ।
यसरी हुन्छ श्रीसिया र भकुवा नाकाबाट अवैध कारोवार (भिडियो सहित)
सीमा नाकाबाट अवैध कारोवार गर्नको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता हुन अवाश्वक पर्दछ । सोही अनुरुप जिल्ला हाक्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई नजराना बुझाए पश्चात मात्र तस्करी सुचारु हुने गर्दछ । श्रीसिया नाका हालको समयमा तस्करहरुको अखडा बन्दै जानुको मुख्य कारण पनि जिल्ला प्रमुखको सहभागिता रहेको बारे बुझिन्छ ।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोर र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको नाममा रकम उठन थालेपछि तस्करीको कार्य सुचारु भएको प्रहरी श्रोतको दावी रहेको छ । प्रहरी उपरीक्षक राठोरको नाममा प्रहरी जवान बिजय यादवले र सशस्त्र प्रहरी प्रमुख कुवरको नाममा स्थानिय बि.ओ.पी.को माध्यमबाट रकम उठने गरेको श्रोतको दावी रहेको छ । प्रहरीलाई पैसा नदिए एउटा खुर्सानी समेत आउन नसक्ने ठाउमा हालको समयमा ठूला तस्करहरुको अखडा बन्दै गएको रुपमा श्रीसिया नाकालाई मानिन थालिएको हो ।
जिल्ला हाक्ने प्रमुखहरुको इशारा हुनसाथ वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी चौकी भकुवा, सीमा प्रहरी चौकी छपकैया, बोर्डर आउट पोष्ट श्रीसिया लगायतका प्रमुखहरुले रकम बुझि लाइन सुचारु गराएको तस्कर श्रोतले जनाएको छ । कुनै जिल्ला प्रमुख आइजीपिको पावर लगाउने गरेको त कुनै जिल्ला प्रमुख पूर्व प्रधानमन्त्रीको पावर लगाउदै खुल्याम रकम असुली गरेको प्रहरी श्रोतको भनाई रहेको छ । आफु भन्दा माथिल्लो निकायको आदेशलाई धज्जि उडाउदै द्वय प्रहरी प्रमुख सीमा नाकालाई कमाई खाने भाडोको रुपमा प्रयोग गरेका छन् । तसर्थ ः यस बिषयमा माथिल्लो निकाय र संगठनकै प्रमुखको ध्यान जान अति अवाश्वक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.