Ultimate magazine theme for WordPress.

अपराधी गतिविधि लगायत तस्करीमा साटघाट गर्ने प्रहरी माथी कारवाही गर्ने : प्र.उ. खनाल

536

उमेश दुबे
बारा, ९ माघ / जिल्ला प्रहरी कार्यालय बाराबाट खटिने प्रहरीहरूले अपराधी गतिविधि लगायत तस्करीमा साटघाट गर्ने प्रहरीहरू माथी कारवाही गरिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकाशराज खनालले बताउनु भएको छ । उहाले नेपाल र भारतको सीमा लगायत बाराको राजमार्गसम्म खटिने प्रहरीले आफ्नो कार्य इमन्दारिता पूर्वक निर्वाह नगरे कडा कारवाही गरिने बताउनु भएको हो ।
आफ्नो संगठनको नीति निर्देशन अनुसार आफ्नो कार्य क्षेत्रमा इमान्दारिता पूर्वक कार्य गर्न निर्देशन दिएको बताए । नेपाल र भारतको सीमा खुल्ला भएको कारण चुनैती थपिएपनि आफ्नो प्रहरीहरू इमान्दारिता पूर्वक कार्य निर्वाह गर्दै आएको प्रहरी उपरीक्षक खनालले दाबी गर्नु भयो । उहाले अपराधी क्रियाकलाप लगायत तस्कर सङ्ग साटघाट गर्ने प्रहरी अधिकारीलाई कारवाहीको दायरामा समेत उभ्याउदै आएको ठोकुवा गर्नु भयो ।
बारा जिल्लाभरी प्रहरीको निगरानी बढेको कारण अपराधी क्रियाकलापमा समेत कमि आएको प्रहरी उपरीक्षक खनालले बताउनु भयो । यस अनलाइन सङ्ग कुरा गर्दै प्रहरी उपरीक्षक खनालले अपराधी क्रियाकलाप कमि हुनुमा सबै भन्दा ठूलो योगदान बारावासीको रहेको बताउनु भयो ।
उहाले बढ्दै गएको हुसुको कारण दुर्घटना न्यूनीकरणको निम्ति ट्राफिक नियम अपनाउन सबैमा आग्रह गर्नु भएको छ । बढ्दै गएको हुसुको कारण सवारी साधनको गतिमा समेत ध्यान गर्दै सावधानी पूर्वक चलाए मात्र दुर्घटना न्यूनिकरण हुन सक्ने बताउनु भयो । उहाले बाराको बिभिन्न ठाउहरूमा ट्राफिक जनचेतनाको लागि आफै जाने गरेको र दुर्घटना के कसरी न्यूनिकरण गर्न गर्न सकिन्छ त्यो बिषयमा सवारी साधन चालकहरूलाइ बताउने गरेको बताउनु भयो ।
यता ट्राफिक जनचेतना कार्यक्रम अन्तर्गत सडकमा बाराका प्रहरी उपरीक्षक बिकाशराज खनालले सडकमा उत्रिदा स्थानियहरू तथा सवारी चालकहरू खुसी भएको बताउछन । चालकहरूका अनुसार बारामा बढ्दै गएको दुर्घटनालाई न्यूनीकरणका लागि बाराका प्रहरी उपरीक्षक आफै सडकमा आइ जनचेतना कार्यक्रम चलाउदा खुसी भएको बताए ।

Leave A Reply

Your email address will not be published.