Ultimate magazine theme for WordPress.

बिरगंज भन्सार हुँदै नेपाल प्रवेश गर्न लागेको चार जना भुटानी सहित एक जना तिब्बती नागरिक पक्राउ

277

उमेश दुबे
पर्सा, २२ पौष / सशस्त्र प्रहरी बलले बिरगंज भन्सार हुँदै नेपाल प्रवेश गर्न लागेको चार जना भुटानी सहित एक जना तिब्बती नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार राती करीब १० बजेको समयमा भारतबाट नेपाल प्रवेश गर्दै गर्दा बिरगंज भन्सारको मूल गेटबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिन सफल भएको हो ।
बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीको कमान्डमा खटिएको टोलिले चार जना भुटानी सहित एक जना तिब्बती नागरिकलाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । भारतको बोधगयाबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख २३८८ नम्बरको नेपाल भारत मैत्री बसमा सवार ४० जना यात्रु मध्ये पाचँजना संग पासपोर्ट नभेटिए पछी नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भुटानी नागरिकहरू डोलमा तामांग, छोदेन तामांग, छुन्दु लह्मो, ग्यान बहादुर तामांग र तिब्बती नागरिक कुन्छोक तसोमो रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको ५ जनालाई अध्यागमन कार्यालयमा बुझाइएको खत्रीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.