Ultimate magazine theme for WordPress.

बिरगंजको छपकैया हुँदै मरिच, छोहडा र कपडाको तस्करी तिब्र

532

उमेश दुबे
पर्सा, ११ पौष / बिरगंजको छपकैया हुँदै तस्करी कार्य तिब्र रूपले बढदै गएको छ । छपकैया हुँदै मरिच, छोहडा र कपडाको तस्करी कार्य प्रहरीकै सहयोगमा बढेको हो ।
स्थानिय नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करीको कार्य फस्टाउदै गएको छ । तस्कर संगठनहरूले हालको समयमा बिरगंजको छपकैया नाकालाई प्रयोग गर्दै आएको बताइन्छ । स्थानिय प्रहरी चौकी छपकैया, प्रहरी चौकी भकुवा, बोर्डर आउट पोस्ट श्रीसिया लगायतको सहयोगमा तस्करहरू हालको समयमा छपकैया नाकालाइ प्रयोगमा ल्याएको बताइन्छ ।
नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाउदै तस्कर संगठनका मुख्य नाइकेहरू मरिच र छोहडा नेपालबाट भारततर्फ लग्न सफल भएका छन भने भारतबाट अबैध तरिकाले कपडा नेपाल भित्रयाउन सफल भएका छन । नेपाल सरकारको राजस्व चोरीमा समेत प्रहरीकै कर्णाधारहरू सहभागी भएको हेरि आश्चर्य लागेर आउँछ । आफ्नो वर्दी र पदको दुरूपयोग गर्दै आएका प्रहरीहरूले आफ्नै संगठनको नीति निर्देशनलाइ खिल्ली उडाउदै कमाइ खाने भाडो बनाएका छन ।
जिल्लाकै प्रमुखको रूपमा रहेका प्रहरी उपरीक्षक द्वयले मात्र मुखदर्शक बनेको हेरि सेटिङ्ग रहेको कुरा प्रष्ट हुन्छ । स्थानिय प्रहरीकै माध्यमले माथिल्लो निकायसम्म रकम जाने गरेको श्रोतले जनाएको हो । यस बिषयमा थप जानकारी सहित पुन: सम्प्रेषण गरिनेछ ।

Leave A Reply

Your email address will not be published.