Ultimate magazine theme for WordPress.

गढिमाइ मेलामा दर्शनार्थीको भिड बढ्दै, मेला भाड्नेहरूलाई चुनौती

382

उमेश दुबे
बारा, १० मन्सिर / बाराको गढिमाइ मेलामा दर्शनार्थीहरूको भिड बढ्दै गएको छ । बिश्वमै प्रसिद्ध रहेको गढिमाइ मेला भाडन केही दलाल प्रविर्तीका संघ सकृय भएपनी गढिमाइ मेलामा दर्शनार्थीहरूको भिड बढ्दै गएको हो ।
हिन्दुहरू प्रतिको आस्थाको रूपमा मानिएको गढिमाइ मेला बिश्वमै प्रसिद्ध रहेको छ । देश बिदेशबाट दर्शनार्थीहरू गढिमाइ मन्दिरमा पुगि पूजाआजा गर्दै छन । पाँच बर्षमा एकचोटी लाग्ने गढिमाइ मेलामा देश बिदेशबाट दर्शनार्थी आउने गर्दछन । बिश्वमै सबै भन्दा बढी बलि चढाइने मेलाको रूपमा गढिमाइ मेला मानिन्छ । हिन्दुहरूले आस्था र बिश्वासको रूपमा मानिने मन्दिर मध्ये एक मानिन्छ गढिमाइ मन्दिर । नेपाल भारत लगायत बिभिन्न देश बिदेशबाट करोडौ दर्शनार्थीहरूको घुइचो गढिमाइ मन्दिरमा लाग्ने गरेको छ । यसपालीको गढिमाइ मेलामा करोडौ दर्शनार्थी पुग्ने जनाइएको छ ।
यता बिश्वमै सबै भन्दा बढि बलि चढाइने गढिमाइ मेला भाडन केही संघ संस्था लागि परेको बताइन्छ । गढिमाइ मेला भाडनको निम्ति संघ संस्थाले बलि चढाइने राङ्गा लिएर आउदा दर्शनार्थीलाई धाक धम्की समेत दिएको जनाइएको छ । सोमबार राती करीब ८ बजेको समयमा पशु कल्याण संघका केही सदस्यले बाराको सीमा लगायत ग्रामिण भेगमा पुगि दर्शनार्थीलाई धाक धम्की दिएको बताइन्छ । हिन्दुहरूको आस्था र बिश्वास माथी हमला गर्ने क्रिश्चियन धर्मावलम्बीले कुनै कसर बाकी नराखेको आरोप दर्शनार्थिको रहेको छ ।
हिन्दुहरूले बोकेको आस्था र बिश्वास माथी हमला गर्ने यस्ता क्रियाकलाप गर्ने माथी मेला समिति लगायत सबैलाइ निगरानी बढाउन अवाश्यक रहेको दर्शनार्थीले अपिल गरेका छन । यस्ता क्रियाकलाप गर्ने माथी समेत मेला समितिले निगरानी बढाएको समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.