Ultimate magazine theme for WordPress.

डिआइजी अर्यालको निर्देशनमा खटिएका सशस्त्र प्रहरी निरीक्षक चौधरी नियम विपरीत गरे कार्य, कारवाही कस्ले गर्ने ?

264

उमेश दुबे
पर्सा, १० मन्सिर / नेपाल र भारतको सीमा सुरक्षाको लागि जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले सीमाको फाइदा उठाउदै केही सशस्त्र प्रहरी निरीक्षक कमाइ खाने भाडो बनाएका छन । बोर्डर आउट पोस्ट श्रीसियामा प्रमुखको रूपमा आउनु भएका सशस्त्र प्रहरी निरीक्षक तुला चौधरीले तस्कर सङ्ग मोटो रकमको नजराना बुझ्ने र सर्वसाधारणलाई दु:ख दिने गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बल २ नम्बर बाहिनिबाट खटि आएका सशस्त्र प्रहरी निरीक्षक तुला चौधरी केही दिनको लागि मात्र बोर्डर आउट पोस्ट श्रीसियामा आएपनी केही दिनमै लाखौ उठाउने योजना बनाएरै आएको बुझिन्छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिमा सशस्त्र प्रहरी जवान सरोज यादवले रकमी आतन्क मचाए पश्चात डिआइजी राजु अर्याल कारवाही स्वरूप बाहिनी तानिएका थिए । तर सशस्त्र प्रहरी निरीक्षक चौधरी श्रीसियाको कमान्ड सम्भाल्नसाथ कारवाहिको लागि तानिएका यादवलाइ पुन: श्रीसियामा लिएर आउनु नै भ्रष्ट कर्मचारी रहेको बारे प्रमानित गर्दछ ।
बोर्डर आउट पोस्ट श्रीसियामा प्रमुखको रूपमा आएका सशस्त्र प्रहरी निरीक्षक चौधरी डिआइजी अर्यालको पावर हेराउदै तस्कर सङ्ग मोटो रकमको नजराना बुझे पश्चात् कपडा, हार्डवेयरको लाइन खोलेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ भने घरायसी प्रयोजनको लागि लिएर आइरहेका सर्वसाधारण माथी आफ्नो दबङ्गै हेराइरहेको सर्वसाधारण बताउछन । नेपालबाट नेपालमै समान खरिद तथा ओसार पोसार गर्न सकिने प्रवाधान रहेपनी सशस्त्र प्रहरी निरीक्षक चौधरी दबङ्गै पाराले आफ्नो पदको दुरुपयोग गर्दै बिरगंजको नगवाबाट पक्राउ गरि बिरगंज भन्सार कार्यालय बुझाइएको पिडितको भनाइ छ ।
बिरगंजको नगवाबाट २५ केजि छोहडाको बोरा खरिद गरि बारा जिल्ला गाउतिर लगिरहेको क्रममा सशस्त्र प्रहरी निरीक्षक दबङ्गै पाराले पक्राउ गरि भन्सार बुझाएको पिडित बताउछन । आफ्नो पसलको प्यानमा खादान्य समाग्रीमा प्रयोग हुने छोहडा खरिद गरि लिएर जाने क्रममा सशस्त्र प्रहरी निरीक्षक तुला चौधरीले आफ्नो कागजात समेत खोसेर मोटरसाइकल समेत बिरगंज भन्सार बुझाएको पिडितले आरोप लगाए ।
यस बिशयमा सशस्त्र प्रहरी निरीक्षक तुला चौधरी सङ्ग बुझ्दा भारतिय नम्बर प्लेट मोटरसाइकल रहेकोले भारत जान सक्ने शन्काको अधारमा पक्राउ गरि बिरगंज भन्सार बुझाइएको बताए । पिडित सङ्ग बिल भएपनी भारतिय मोटरसाइकल भएको कारण पक्राउ गरि भन्सार बुझाइएको स्विकारे ।
शन्काकै अधारमा दु:ख दिने गरेका सशस्त्र प्रहरी निरीक्षकको दबङ्गै पाराले समग्र सशस्त्र प्रहरी संगठन माथी नै प्रश्न चिन्ह खडा भएको छ । केही दिनको लागि बाहिनीबाट खटी आएका सशस्त्र प्रहरी निरीक्षक बाहिनीपति कै नामले दबङ्गै गर्न थाले पछि डिआइजी माथी नै औला उठन बेर नलाग्ने भएकोले यस्ता मान्सिक सन्तुलन गुमाएका सशस्त्र प्रहरी निरीक्षक माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.