Ultimate magazine theme for WordPress.

आईजीपि खनाल दोश्रो पटक सशस्त्र प्रहरी निरीक्षक पराजुलीलाई भिष्वा नाकामा पठाए, आउन साथ पराजुली खोले तस्करीको लाइन

639

उमेश दुबे
पर्सा, २२ भाद्र ÷ पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिष्वा नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको लाइन दिएको खुलासा भएको छ । स्थानिय प्रहरी चौकी भिष्वा र बोर्डर आउट पोष्ट भिष्वाले दिएको तस्करीको लाइन बारे छोहडाको ट्रक पक्राउ हुदा उजागर भएको हो ।
सीमा नाका सुरक्षाको निम्ति खटाइएको सशस्त्र प्रहरी बलले लाखौ रुपैया बुझि सीमा नाकालाई कमाइ खाने भाडो बनाएको यहि घटनाले छर्लङ पारेको छ । पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिष्वा नाका जिल्लाकै दोश्रो नाकाको रुपमा मानिन्छ । बोर्डर आउट पोष्ट भिष्वामा सशस्त्र प्रहरी निरीक्षक हरि कुमार पराजुलीको आग्मनसाथ भिष्वा नाकाबाट केराउ, छोहडा, हार्डवेयर, कवाड, चाइनिज स्याउ, लगायत तस्करीको लाइन सुचारु भएको हो ।
२०६७÷०६८ मा बोर्डर आउट पोष्ट भिष्वामा आएका सशस्त्र प्रहरी निरीक्षक पराजुली पुनः आफ्नै संगठनका प्रमुख आईजीपि शैलेन्द्र खनाललाई मोटो रकम भेट चढाए पश्चात भिष्वामा दोश्रो पटक आउन सफल भएको चर्चाको बिषय बनेको छ । सशस्त्र प्रहरी संगठनको नीतिले एउटै बि.ओ.पी मा दोश्रो पटक जान नमिलेपनि रकमको प्रलोभनमा भिष्वामा दोश्रो पटक पराजुलीलाई पठाइएको हो । दोश्रो पटक सशस्त्र प्रहरी निरीक्षक पराजुली भिष्वामा आउनसाथ आइजीपि शैलेन्द्र खनाल माथि नै प्रश्ण चिन्ह खडा भएको छ ।
सशस्त्र प्रहरी संगठनकै नीति निर्देशन विपरीत कार्य गर्ने सशस्त्र प्रहरी निरीक्षक हरि कुमार पराजुलीले आफ्नो बिभागको प्रमुखलाई समेत अटेर गरी भिष्वा नाकाबाट तस्करीको लाइन क्लियर गरेको रहस्य खुलेको छ । सशस्त्र प्रहरी संगठनले नै दोश्रो पटक बोर्डर आउट पोष्ट भिष्वामा पराजुलीलाइ पठाउनु, आएको एक महिना नबितिदै तस्करीको लाइन खोल्नु र भिष्वामा २ सय ४० बोरा छोहडा बोकेको ट्रक नेपाल प्रहरीले बरामद गर्नु सशस्त्र प्रहरी निरीक्षक पराजुलीले नजराना नबुझेको भन्ने ठाउ समेत नमिल्ने प्रष्ट भएपनि माथिल्लो निकाय मौन हुनु बिडम्बनाको बिषय बनेको छ ।
सशस्त्र प्रहरीकै नियमावली विपरीत आईजीपि शैलेन्द्र खनालले दोश्रो पटक सशस्त्र प्रहरी निरीक्षक पराजुलीलाई भिष्वामा पठाउदा सशस्त्र प्रहरीको नियमावलीको पालना के कति हुने गरेको यसैबाट प्रमाणित हुन्छ । पर्सा जिल्लाको भिष्वा नाका जिल्लाकै दोश्रो नाकाको रुपमा मानिन्छ । भिष्वा नाकाको तस्करी वापत एउटा युनिट इन्चार्जलाई करिब १५ लाख भन्दा माथि हुने गरेकोले सशस्त्र प्रहरी निरीक्षक पराजुली दोश्रो पटक आएको चर्चाको बिषय बनेको छ । भिष्वाबाट गिटीको लाइन क्लियर हुदा गिटी वापत मात्रै १४ लाख भन्दा बढी मासिक उठने गरेको श्रोतको दावी रहेको छ ।

Leave A Reply

Your email address will not be published.