Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल पैदल गस्ती टोलिद्वारा भरूवा बन्दुक सहित एक जना पक्राउ

282

पर्सा, २२ भाद्र / पर्साको ओरिया पूलबाट भरूवा बन्दुक सहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट सुवर्णपूरबाट खटिएको टोलिले गस्ती गर्ने क्रममा भरूवा बन्दुक सहित एक जनालाइ पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक सिंह वीर मल्लको कमान्डमा खटिएको पैदल टोलिले ओरिया खोलामा ड्युटी गरिरहेकै क्रममा शुक्रवार राती करीब ११ बजेर १५ मिनेटमा बन्दुक सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । स्थानिय दिपेश पाखृनले बोरामा बेरि भरूवा बन्दुक लिएर आइरहेको क्रममा सशस्त्र प्रहरीलाई हेर्नसाथ भाग्न खोज्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ गरिएको भरूवा बन्दुक सहित पाखृनलाइ अवाश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.