Ultimate magazine theme for WordPress.

कलैया उप-महानगरपालिका दुर्घन्धित बन्दै, सरोकारवाला मौन

249

उमेश दुबे
बारा, ७ भाद्र / बाराको कलैया उप-महानगरपालिका भरत चौक दुर्घन्धित क्षेत्रमा परिणत हुँदै गएको छ । चारैतिर खुल्ला दिशा मुक्त क्षेत्र घोषणा चलिरहेकै बेला बाराको कलैया उप-माहानगरपालिकाको मुख्य भरत चौक दुर्गन्धित क्षेत्रमा परिणत हुँदै गएको हो ।
जो जोगि आएपनि कानै चिरे झै उख्खान जस्तो हालको समयमा कलैया उप-महानगरपालिका बन्दै गएको छ । भरत चौकमै रहेको शौचालयबाट निस्केको दुर्गन्धका कारण आसपास रहेका पसल तथा काम विशेषले आएका यात्रीहरू दुर्गन्ध बाताबरणमा आउन बाध्य भएको बताएका छन । कलैया उप-महानगरपालिका कार्यालयका प्रमुख मेयर राजेश राय यादवले जनताबाट गरेको वाचा पूरा गर्न नसकेको यसै कार्यले बुझ्न सकिन्छ । आफ्नो कार्य अवधिमा कलैया उप-महानगरपालिका भित्र स्वच्छ बाताबरण, सडक, नाला लगायतको कार्य सहितको धेरै जसो वाचा जनता सङ गरेपनी मेयर यादव आफ्नो कार्यमा बिफल भएको उप-माहानगरपालिका निवासी नै बताउछन ।
एक जना स्थानियका अनुसार कलैया उप-महानगरपालिकाका प्रमुख राजेश राय यादवले पैसाको बलमा चुनाव जितेका र जिते पश्चात् आफ्नो भएको खर्च निकालिरहेको आरोप लगाए । प्रमुख यादव कलैया उप-महानगरपालिकालाई झन जटिल अवस्थामा पुर्याएको बताए । चुनाव जित्नसाथ अध्यक्ष यादवले गरेको वाचा हराएर गएको स्थानियले गुनासो गरे ।
कलैयाको भरत चौक स्थित रहेको शौचालय सरसफाइ नहुदा स्थानिय ब्यपारीदेखि बाहिरबाट आएका पर्यटकहरूलाइ समेत दुर्गन्धको समस्या झेल्दै आएको बताइन्छ तर उप-महानगरपालिका मौन बसेको स्थानियले आरोप लगाएका छन । यस बिषयमा सरोकारवाला कार्यालय मौन बस्नु कतिको जायज रहेको सर्वबिधितै छ ।

Leave A Reply

Your email address will not be published.