Ultimate magazine theme for WordPress.

पर्सा प्रहरी घुसखोरीको ढाकछोप गर्न दलाल पत्रकार सकृय

565

पर्सा, २२ श्रावण / जिल्ला प्रहरी कार्यालय पर्साले दलाल स्वरूप केहि पत्रकारलाइ आफ्नो प्रचार प्रसारमा खटाएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक राठोरले आफ्नो अनैतिक कृयाकलाप ढाकछोप गर्नको निम्ति दलाल प्रविर्तीका पत्रकारलाइ आफ्नो सेवामा राखिएको समाजिक सन्जालबाटै प्रष्ट भएको हो ।
सीमाबाट हुने गरेको अबैध कारोबारबाट रकम असुली, मुद्दा  शाखाबाट हुने गरेको कानून विपरीत कार्यलाइ ढाकछोप गर्नको निम्ति दलाल प्रविर्तीका पत्रकारलाइ चयन गरिएको छ । दलाल प्रविर्तीका पत्रकारले अनलाइन दर्ता नभएपनी प्रहरीको बाहुबलले चलाउने र कुनैपनी समाचार प्रहरी बिरूध आए आफ्नो पेशा अनुसार पत्रकार बिरूध जाइ लाग्ने प्रष्ट भएको छ । केही दिनदेखी सीमा नाकामा बढ्दै गएको तस्करी बारे समाचारमा आउन थालेपछी प्रहरीले फालेको हड्डि चपाउन नमिल्ने डरले बहुलाएका दलाल पत्रकार, पत्रकारकै बिरोधमा समाचार बनाउन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलि मध्ये प्रहरी हवलदार अजय पटेलले तस्कर सङ साठगाठ रहेको बिषयमा पर्दाफास हुदा पटेलले फालेको हड्डी चपाउन नसक्ने डरले पत्रकारकै बिरोधमा दर्ता नै नरहेको अनलाइन मार्फत बचाउ कार्यक्रममा ब्यस्त रहेका छन । प्रहरी र तस्करले ५ दिन रकम नदिदा घरको चुलो समेत बाल्न नसक्ने ठग पत्रकार ठगी ठगी खान बाहेक अरू केही हेरेका छैन्न ।
जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेको लागू औषध कारोबारी र अपहरण कान्डमा प्रहरी नियन्त्रणमा रहेको तिवारीलाई छोडाउनको निम्ति प्रहरीको चापलुसी समेत गरिरहेको उहाकै समाचारबाट प्रष्ट हुन्छ । आफूलाइ पर्सा जिल्लाकै वरिष्ठ पत्रकार ठान्दै हिडने दलाल पत्रकार हालको समयमा प्रहरी जवान र प्रहरी हवलदारको चापलुसी गर्दै हिडने गरेको सर्वबिधितै छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले नै आफ्नो गरिरहेको कर्तूतलाई लूकाउन त्यस्ता पत्रकारलाइ प्रयोग गरेको बिरगन्जेली पत्रकारहरूले अनुमान गरेका छन । पत्रकार बिच द्वन्द गराइ रकम कमाउने दाउमा प्रहरी उपरीक्षक राठोर लागि परेको आफ्नो बिचार धार्ना व्यक्त गरेका छन । जीवन भरी प्रहरी, तस्कर र यातायतको दलाली गर्दै जिविकापार्जन चलाउने पत्रकारले दलाली छोडे घरको चुलो समेत नबल्ने हैसियत रहेको स्थानियले नै बताउछन ।
बिगत केही दिनदेखी तस्करी लाइन बन्द भएको प्रचारबाजी गर्ने पत्रुकारको समाचार माथी सशस्त्र प्रहरीले ठुलै भन्डाफोर गरेको छ । आइतवार राती करीब २ बजेको समयमा श्रीसिया नाका हुँदै अबैध तरिकाले भित्रिरहेको करीब ३ लाख बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको थियो । तस्करी बन्द रहेको समाचारलाइ प्रहरीद्वारा नै तस्करी भइरहेको बारे कपडा बरामदले के कति तस्करी बन्द रहेको बारे प्रष्ट पारेको छ ।
तस्करबाट रकम उठाए पश्चात् कुकुर झै वफादारी बताउने त्यस्ता पत्रकारले गर्दा समग्र पत्रकार बदनाम हुँदै गएका छन । पत्रकारिता पेशालाई बदनाम गर्ने त्यस्ता पत्रकार र आफ्नो ढाकछोप गराउन कुकुर झै राख्ने प्रहरी माथी माथिल्लो निकायको ध्यान जान अति आवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.