Ultimate magazine theme for WordPress.

लागू औषध टिटि सुइ राखेको अवस्थामा भारतिय नम्बर प्लेटको मोटर्साइकल सशस्त्र प्रहरीद्वारा बरामद

400

पर्सा, २२ श्रावण / बाराको छतवा बरैनियाबाट लागू औषध टिटि सुइ बरामद भएको छ । भारतबाट नेपालतर्फ आउदै गरेको अज्ञात ब्यक्ति प्रहरीलाई हेर्नसाथ फरार भएको अवस्थामा प्रहरीले चेकजाच गर्दा लागू औषध टिटि सुइ बरामद भएको हो ।
बोर्डर आउट पोस्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमान्डमा खटिएको टोलिले चेकजाच गर्ने क्रममा टिटि सुइ बरामद गर्न सफल भएको छ । छतवा नजिकै चेकजाच गरिरहेको अवस्थामा भारतबाट नेपाल भित्रिरहेको मोटरसाइकल चालक प्रहरीलाई हेर्न साथ फरार भएपनी मोटरसाइकलमा लिएर आएको ५० पिस फेनारगन, ५० पिस डाइजोपाम गरि एक सय पचास पिस लागू औषध टिटि सुइ सहित भारतिय नम्बरको मोटरसाइकल बरामद गरेको बताए ।
मंगलबार दिउँसो करीब ३ बजेको समयमा भारतिय नम्बर बिआर ०५ एफ १९११ नम्बरको टिभिएस मोटरसाइकल सहित लागू औषध बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.