Ultimate magazine theme for WordPress.

सांसद यादव र मुख्यमन्त्रीको निर्देशनमा प्रहरीले बल प्रयोग गर्दै कार्यक्रममा बोले हमला

164

पर्सा, २७ कात्तिक / सांसद प्रदिप यादव र मुख्यमन्त्री महम्द लालबाबु राउत गद्दीको निर्देशनमा कार्यक्रम बिथोल्न प्रहरीलाई प्रयोग गरेको पाइन्छ । शनिवार साझ करिब ४ बजेको समयमा क्रान्किारी युवा संगठनले आयोजना गरेको जनचेतना मुलक कार्यक्रमलाई बिथोल्न सांसद यादव र मुख्यमन्त्री गद्दीको निर्देशनमा प्रहरीलाई प्रयोग गर्दै कार्यक्रम बिथोल्न लगाएका हुन ।
जन चेतना मुलक कार्यक्रम चलिरहेकै अवस्थामा सांसद प्रदिप यादव र मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेको भ्रष्टाचारको बिषयमा उजागर हुनासाथ प्रहरीले बल प्रयोग गर्दै कार्यक्रम बिथोलेका थिए । वीरगंजको मुटु मानिने घण्टाघरमा आयोजना गरिएको जन चेतना कार्यक्रममा सांसद, मुख्य मन्त्रीले गरेको भ्रष्टाचार तथा काला चिठा युवाहरुले खोल्न थालेपछि प्रहरीलाई आदेश दिदै कार्यक्रम बिथोल्ने प्रयास गरिएको क्रान्तिकारी युवाहरु बताउछन ।
लोकतन्त्रमा सबै जनतालाई बोल्ने, तथा भ्रष्टाचारको उजागर गर्न पाउने अधिकार रहेपनि प्रहरीको दम्भ बताउदै कार्यक्रम बिथोल्ने प्रयास गरिएको क्रान्किारी युवाहरु बताउछन । निर्वाचनको समयमा निर्वाचित नेताहरु मधेसी जनताको लागि तथा वीरगंज क्षेत्रबाट निर्वाचित नेताहरु वीरगंजको लागि के के गरे भन्ने बिषयमा आम जनताले सोध्नु पर्ने अधिकार रहेपनि प्रहरीको दम्भ बताउदै कार्यक्रम बिथोल्नुले युवाहरुको अवाज दवाउन खोजिएको अभियन्ता तनबिर अन्सारीले बताउनु भयो ।
मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिक्दै छ, भ्रष्ट नेताहरु पैसाको दम्भमा निर्वाचित हुने दाउमा छन, तर जनताले अवाज उठाउन नमिल्ने, यो कस्तो लोकतन्त्र हो भन्दै प्रश्ण गरेका थिए । भ्रष्ट सांसद मन्त्रीको इशारामा नाच्ने प्रहरीले गुन्डागर्दी शैलीमा कार्यक्रममा प्रस्तुत भएको, उनले बताए । भ्रष्ट सांसदले कहिले गुन्डा लगाउने, कहिले प्रहरी लगाएर यातना दिन लगाउने गरेको समेत, अन्सारीले बताए । तर जति यातना दिएपनि, जति अवाज दवाउन खोजिएपनि भ्रष्टाचार गर्ने नेताहरुको बिरुद्ध आफ्नो अवाज बुलन्द राखि राख्ने बताए ।
यता एक उच्च प्रहरी श्रोतका अनुसार वीरगंजको घण्टाघरमा आयोजना गरिएको जन चेतना मुलक कार्यक्रमबाट निर्वाचित भएका नेता तथा सांसदहरले बिगत ५ बर्षमा गरेको भ्रष्टाचारहरु उजागर हुने डरले नेताकै ईशारामा प्रहरीले हस्तक्षेप गरेको बताए । उननका अनुसार सांसद प्रदिप यादव र मुख्यमन्त्री राउतको निर्देशनमा उहाकै चापलुसी गर्ने पछलगुवाको माध्यमले फोन गराई कार्यक्रम बिथोल्ने निर्देशन दिइएको बताए । बिगत ५ बर्षमा नेताहरुले गरेको कामको बिषयमा हिसाब किताब माग्नु जनताको मौलिक अधिकार हो, तर यस्तो दम्भ बताउदै जनता माथि नै अत्यचार गर्ने नेताको बिषयमा समयमै जनता सचेत हुन जरुरी देखिन्छ, उनले बताए । कार्यक्रमबाट पक्राउ परेका एक जनालाई शनिवार नै रिहा गरिएको समेत जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.