Ultimate magazine theme for WordPress.

जसपाको पार्टी प्रचार प्रसारमा बालबालिकाको प्रयोग, निर्वाचन आयोग मौन

68

पर्सा, २७ कात्तिक / प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन नजिक्दै जादा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग भइरहेपनि निर्वाचन आयोग मौन धारण नै गरेको पाइन्छ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदिप यादवले बालबालिकाको प्रयोग गर्दै पार्टी प्रसारमा खुल्याम लागेपनि निर्वाचन आयोज कार्यालय मौन नै धारण गरेको पाइएको हो ।


निर्वाचन आयोगले पार्टी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरिए उम्मेदवारलाई नै दण्डीत गर्ने प्रावधान बनाएपनि मात्र कागजमै सिमित रहेको बारे यी तस्बिरले प्रमाणित गरेको छ । निर्वाचन आयोगले बनाएको नीति निर्देशनलाई उम्मेदवारले लत्याउदै आफ्नो पार्टी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरिरहेपनि मौन धारण गर्नुले निर्वाचन आयोगले बनाएको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ । घरदैलो कार्यक्रममा बालबालिकालाई हातमा झण्डा मात्र बोकाइएन ठाउ ठाउमा झण्डा लगाउने निर्देशन समेत दिइयो ।


स—साना बालबालिकालाई प्रयोग गर्दै पार्टी प्रचार प्रसार गर्नुको साथै ठाउ ठाउमा झण्डा लगाउने निर्देशन दिएकै कारण साइकलमा झण्डा बोकी झण्डा लगाउने कार्य यी तस्बिरले प्रष्ट पार्दछ । बालबालिकालाई कुनैपनि काम गराउन दण्डनीय मानिने गरिन्छ, तर निर्वाचनको समयमा त्यही बालबालिकालाई प्रयोग गर्दै अचार सहिताको उल्लंघन गर्दै पार्टीको प्रचार प्रसारमा लगाउदापनि निर्वाचन आयोग मौन धारण गर्नुले प्रश्ण खडा गरेको छ । यस बिषयमा निर्वाचन आयोगले समयमै ध्यान पुरयाउन जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.