Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागु औषध चरेस सहित भारतीय नागरिक पक्राउ

35

बारा, १९ पौष / बाराको कवहीगोठ नाका हुदै भारततर्फ लागु औषध ओसार पोसार गर्ने एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध ओसार पोसारको बिषयमा बिशेष सुचना आउनासाथ सशस्त्र प्रहरीले भारतीय नागरिक सहित लागु औषध चरेस पक्राउ गर्न सफल भएको हो ।
भारतीय बि.आर.०५ ए.भि. ३०४२ नम्बरको मोटरसाइकलमा लागु औषध चरेसको कारोवार भइरहेको बिशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले बाराको कवहीगोठबाट नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरको निर्देशनमा जिल्ला मोतिहारी बेला गाउ पंचायत बस्ने ३० बर्षिय राजकुमार रायलाई लागु औषध चरेस सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सुवर्ण गाउपालिका वडा नम्बर ३ सन्तगंज नाकाबाट ४ वटा पोकामा रहेको २ किलोग्राम लागु औषध चरेस सहित भारतीय नागरिकलाई पक्राउ गरी अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.