Ultimate magazine theme for WordPress.

श्रीसिया नदीको सरसफाइ कार्यक्रम सम्पन्न

135

पर्सा, १३ मंसिर / पर्सा जिल्लाको श्रीसिया नदीको आज बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगरपालिका वडा नम्बर १० , ११ र २४ मा पर्ने श्रीसिया नदीलाई आज लिभिङग विथ इन्भारमेन्टको पहल र नव गठित रानिघाट समुदाय प्रहरीको अगुवाइमा नदिमा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा मुडली सामुदायिक प्रहरी, वडा प्रहरी कार्यालय श्रीपुर, जिल्ला ट्रफिक कार्यालय, बिरगंज महानगर पालिकाका सरसफाइ शाखा, अस्थायी प्रहरी पोस्ट रानिघाट लगायत स्थानिय बासिन्दा र तीनवटै वडा अध्यक्षहरु को सहभागीता रहेको थियो । कार्यक्रममा नदि सरसफाइ गर्नुको साथै रानिघाट घडिअर्वा र रामगढवा नदि नजिक बस्ने स्थानियवासिन्दाहरुलाई नदीमा फोहर न फाल्ने बारे जनचेतनामूलक घर दैलो समेत गरिएको एल.डब्लु .इ का रोसन पटेलले बताए ।
श्रीसिया नदी दिन प्रती दिन फोहर हुँदै जानूको साथै भिभिन्न कलकारखानाहरुबाट निस्किने फोहर, घरबाट निकालिएको ड्ल आदि ले नदीलाई फोहर गर्नुको साथै धार्मिक समाजिक कार्य नदि किनार वा नदि भित्र गर्दा छालालाई गम्भीर हानी पुर्याउने भएकोले अब यसलाइ सफाइ र पानीलाई स्वछ बनाउने दायित्व हामी सबैको भएको बताए ।
कार्यक्रममा वडा ११ का अध्यक्ष प्रधुमन सेढाइ, १० का वडा अध्यक्ष राम नगिना साह, वडा नम्बर २४ का वडा अध्यक्ष दसरथ पटेलले आफूहरुको अधिकारले भ्याएसम्म सहयोग गर्ने प्रतिवधता गरेका थिए । सरसफाइका लागि चाहिने हरेक किसिमको सहयोग महानगरले दिने र प्रमुख सस्फुदिन हवारीले प्रतिवध्ता जनाएका थिए । त्यस्तै स्थानीयहरुको तर्फबाट चाहिने सहयोग आफुहरुले गर्ने र अब श्रीसिया नदीलाई सफा बनाएर नै छाडने प्रतिवदता स्थानिय समाज सेवि जगरनाथ कुर्मीको रहेको छ ।

Leave A Reply

Your email address will not be published.