Ultimate magazine theme for WordPress.

शिल गरिएको हिमालयन टेक्नोलोजी संचालन गराउन प्रदेश सभा सदस्य समेतको दबाब

200

बारा, २४ माघ / जिल्ला प्रहरी कार्यालय बारा र आन्तरिक राजस्व कार्यालय सिमराले संयुक्त रुपमा गरिएको छापामारीको घटना लुकाउने चलखेल भइरहेको छ । महागढिमाई नगरपालिका वडा नम्बर ५ स्थित संचालनमा रहेको हिमालयन टेक्नोलोजीले राजस्व चुहावट गर्दै आएको कारण गरिएको छापामारीको घटना लुकाउने चलखेल भएको हो ।
माघ १८ गते बिहिवारका दिन आन्तरिक राजस्व कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले महागढिमाई नगरपालिका वडा नम्बर ५ स्थित संचालनमा रहेको हिमालयन टेक्नोलोजीमा छापामारी गरेको थियो । तर छापामारीको क्रममा घटना स्थल पुगेका संचारकर्मीहरुलाई प्रवेशमा रोक नै लगाइएको थियो । संचारकर्मीलाई रोक लगाएको कारण विवाद उत्पन्न हुदा आन्तरिक रराजस्व कार्यालय सिमराबाट आएको टोलीले आफ्नो प्रतिकृया दिएपनि घटनाको विवरण पूर्ण रुपले खुलाउन सकेन्न । अनुसन्धानको नाममा हिमालयन टेक्नोलोजी उद्योगले गरेको राजस्व चुहावटका साथै उद्योग के कसको नाममा रहेको बारे खुलाउन चाहेका थिएन्न ।
हिमालयन टेक्नोलोजी उद्योगमा अबैधरुपमा सुर्तीजन्य बिधुतीय चुरोट, बिधुतीय हुक्का उत्पादन गरीने गरेको पाईएको थियो । करोडौ बराबरको बिधुतीय समाग्री समेत हिमालयन टेक्नोलोजीबाट बरामद गर्दै उद्योगमा शिलबन्दी नै गरिएको छ । हिमालयन टेक्नोलोजीको गोरख धन्दामा प्रदेश सभा सदस्य कै संरक्षण मात्र नभई प्रदेश सभा सदस्य कै छोराले संचालन गरेको बारे खुल्नसाथ छापामारीको घटना लुकाउने दुस्प्रयास गरिएको घटनाले प्रष्ट पारेको छ ।
को हुन उद्योगका संचालक ?
हिमालयन टेक्नोलोजी उद्योग मधेश प्रदेश सभा सदस्य शारदाशंकर जैश्वालको छोरा राजबाबु जैश्वालको रहेको बुझिएको छ । राजबाबु जैश्वाल चीनमा बसी आफ्नो ब्यापार ब्यवसाय गर्दै आएका छन् । राजाबाबु जैश्वाल बि.सं. २०७८ सालको स्थानीय तहको निर्वाचनमा चीनबाट फर्कि नेकपा एमाले पार्टीबाट महागढीमाई नगरपालिकाको मेयर पदको उम्मेदवारी समेत दिएका थिए । तर निर्वाचनमा महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवबाट पराजित भई पुनः चीन नै फर्किएका छन ।
चीनमा बस्दै आएका जैश्वालले यहि जेष्ठ महिनामा उक्त उद्योगलाई प्यानमा दर्ता, मुल्य अभिवृद्धि करमा दर्ता र अन्त शुल्कमा दर्ता गरी सँचालन गरेका छन् । तर उक्त उद्योगबाट अबैध रुपमा बिधुतीय चुरोट भ्याक्सिन उत्पादन गरिरहेको प्रारम्भिक अनुसन्धानको क्रममा छापामारी गरीएको आन्तरिक राजश्व कार्यालय सिमराको प्रमुख राजकुमार खतिवडाले बताएका थिए । आन्तरिक राजस्व कार्यालय प्रमुख खतिवडाले उक्त उद्योगमा अबैध चुरोटको भ्याक्सिन उत्पादन हुने गरेको र चालु आर्थिक बर्षमा मुल्य प्रतिशतको ३० प्रतिशत अन्त शुल्क दाखिला गर्नु पर्ने भएकोले उक्त अन्त शुल्क दाखिला नभएको बताउदै उद्योगमा शिलबन्दी गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको बताएका थिए ।
यसरी हुदैछ घटना लुकाउने प्रयास
उद्योगमा शिलबन्दी गरिएको कारण पुनः साचालन गर्न उद्योगका सँचालक राजबाबु जैश्वाल नेकपा एमाले पार्टीबाट निर्वाचनमा भाग लिएकै कारण पैसा र पार्टी दुबैको दम्भ बताउदै पुनः संचालनमा ल्याउने प्रयास गरिरहेका छन । राजाबाबु जैश्वालले चीनमा बसेपनि आफ्नै बुवा जसपाबाट मधेस प्रदेश सभा सदस्यमा रहेको कारण पनि घटनालाई लुकाई दवाव दिने कार्य भइरहेको श्रोतको दावी रहेको छ ।

Leave A Reply

Your email address will not be published.