Ultimate magazine theme for WordPress.

भ्रष्टाचारलाई बढावा दिन नसकिने बताउदै वीरगंजेली जनता राजेशमानको पक्षमा, लोकप्रिय बन्दै सिंह

126

पर्सा, ७ बैशाख / स्थानीय तह नजिक्दै जादा वीरगंज महानगरपालिकामा राजेशमान सिंह लोकप्रिय बन्दै गएका छन । बाल्यकालदेखी नै वीरगंजका जनताको सेवामा समर्पित हुदै आएका राजेशमान सिंह यसपालि भ्रष्टाचार गर्ने गिरोहलाई चुनौति दिदै उम्मेदवारी दिन लागेको देखेर महानगरको जनता बिच सिंह लोकप्रिय बन्दै गएका हुन ।
बाल्यकालदेखी नै राजनीति पेशामा आवद्ध भई वीरगंजका जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको राजेशमान सिंह नै यसपालिको मेयर हुने स्थानीयले ठोकुवा समेत गर्न थालेका छन । मधेस आन्दोलनदेखी मुलुक लगायत विश्व व्यापी फैलिएको कोरोना भाइरसको समयमा ठुलै भुमिका निर्वाह गर्न सफल हुनु भएका राजेशमान सिंह यसपालिको निर्वाचनमा निर्वाचित हुने पक्का रहेको वीरगंजेली जनताले आहवान गरेका हुन ।
मुलुकमा पुरै लकडाउन लागेको अवस्थामा आफ्नो जिउधनको ख्यालै नगरी गरिब, असहाय जनताको निम्ति अहोरात्र खटेर पनि भोजनको ब्यवस्था गर्ने सिंहलाई यसपालिको निर्वाचनमा निर्वाचित गराउने वीरगंजका जनताहरुले प्रतिवद्धता समेत गरेका छन । यस अघि भएको स्थानीय तहको निर्वाचनमा मधेस आन्दोलन लगायत कोरोना जस्तो महामारीमा केही गर्न नसकेकालाई जिताएर पछुताउने बाहेक केही नरहेको माइस्थानका एक बृद्धले जनाउनु भयो । आफु अर्कै पार्टीमा आवद्ध रहेपनि यसपालिको निर्वाचनमा राजेशमान सिंहलाई रोज्न चाहेको, उनले बताए ।
मधेस आन्दोलनको नाममा निर्वाचित भएका मेयर बिजय कुमार सरावगीले वीरगंज महानगरका जनताको निम्ति हालसम्म खासै केही गर्न नसकेको गुनासो एक अर्को बृद्धले जानकारी दिए । वीरगंज महानगरपालिका वडा नम्बर १६ का एक बृद्धका अनुसार महानगर भित्र बजेट त आयो तर बजेट अनुसार कुनैपनि काम हुन नसकेको आरोप लगाए । मधेस आन्दोलनको नाममा निर्वाचित भएका सरावगी संग भेट्नको निम्ति, आफ्नो गुनासो राख्नको निम्ति पटक पटक महानगरमा गइरहदापनि भेट्न नसक्ने मेयरलाई यसपालि कदापी स्विकार्न नसक्ने बताउदै राजेशमान सिंहको पक्षमा उभिने बताउनु भयो ।
मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंज महानगरपालिकामा पर्यटकीय स्थल तथा पूर्वाधारहरु प्रशस्त मात्रामा रहेपनि हालको समयमा पूर्ण रुपले जिर्ण हुदै गएको छ । कारण हो स्थानीय तहको निक्कमापन भन्दै वडा नम्बर १३ निवासी एक युवाले आरोप लगाए । मधेस प्रदेशको मात्र नभई नेपालकै दोश्रो सबै भन्दा ठुलो रंगशालाको रुपमा रहेको नारायणी रंगशालाको अवस्था बारे जानकारी गराउदै यसपालिको निर्वाचनमा आफुहरु राजेशमान सिंहलाई नै रोज्ने जानकारी गराए । नारायणी रंगशाला निर्माणको निम्ति करोडौ रकम आएपनि स्थानीय तहकै कारण हालसम्म निर्माण हुन नसकेको आरोप लगाउदै सिंहलाई रोजेको बताए ।
यसअघि भएको स्थानीय तहको निर्वाचनमा मेयर बिजय कुमार सरावगीको ठुलो ठुलो भाषण मात्रै सुन्न पाइयो र देख्नपनि पाइयो । अब अगामी दिनमा मेयरको पदमा राजेशमानलाई रोज्ने र उहाको पनि कार्यशैली देखेर निर्णय गर्ने वीरगंजेली जनताको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.