Ultimate magazine theme for WordPress.

प्रहरीकै संरक्षणमा अपराधीदेखि तस्कर उम्किदै, निर्दोष सर्वसाधारणलाइ फसाउने सडयन्त्र

324

पर्सा, २५ भदौ / जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले अपराधीलाइ नै संरक्षण गर्ने गरेको र तस्करहरूलाइ उन्मुक्ति दिदै आएको रहस्य उजागर भएको छ । सीमाबाट हुने अबैध क्रियाकलापमा कडाइ गरेको दाबि गर्दै आएका प्रहरी उपरीक्षक बस्नेतकै निर्देशनमा सीमाबाट तस्करी कार्य फस्टाउनुको साथै अपराधीलाइ समेत संरक्षण गर्दै आएको बारे रहस्य उजागर भएको हो । शान्ति सुरक्षा लगायत सीमाबाट हुने अबैध क्रियाकलापको समेत ठेक्का लिएका नेपाल प्रहरीले आफ्नो वर्दिलाइ कमाइ खाने भाडो बनाए पश्चात तस्करीको कार्य फस्टाएको बुझिन्छ । प्रहरी उपरीक्षक रमेश बस्नेतले स-साना तस्करीका सरसमान पक्राउ गर्न निर्देशन दिएपनि ठुला बडा तस्करीका समानहरूलाइ नियन्त्रणमा रोक नै लगाएको एक उच्च अधिकारीले बताएका हुन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख पदमा रमेश बस्नेत आएदिनदेखी नै तस्करी लगायत अपराधी गतिविधिमा खासै पहल नदेखाएको हालसम्मको प्रगतिले प्रष्ट पारेको छ । स्थानीय तथा केन्द्रिय नेताहरूको इशारामा सर्वसाधारणलाइ लागु औषध लगायत बिभिन्न मुद्दाहरूमा फसाउने प्रपन्च नै रचिने गरेको एक घटनाले उजागर पारेको छ । गत बिहिवार बिरगंजको नेश्नल ट्रेनिङ्गमा स्थापना भएको मधेस बिश्व बिधालयको बिषयमा स्थानीय युवाहरूले समाजिक संजाल फेसबूकको माध्यमले जानकारी गराइ नै रहेको क्रममा प्रहरी उपरीक्षक रमेश बस्नेतको आदेशमा तनबिर अन्सारीलाइ पक्राउ गरिएको थियो । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिक्दै जादा स्थानीय युवाले भ्रष्टाचार गरेका नेताहरूलाइ नाङ्गोझार गरिरहेकै बेला राजनीति इशारामा तनबिर अन्सारीलाइ नियन्त्रणमा लिइएको घटनाले पर्सा प्रहरी राजनीति इशारामा हिडेको बारे प्रष्ट हुन्छ । बिगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरी मध्ये कतिपय फरार रहेका अभियुक्तलाइ पक्राउ गर्न नसकेको पर्सा प्रहरीले निर्दोष ब्यक्तिलाइ फसाउने उदेश्यले नियन्त्रणमा लिइएको बताइन्छ । एक उच्च अधिकारीका अनुसार समाजिक संजालमा पर्सा प्रहरीको कार्यशैली प्रति बिरोध हुन थालेपछि तनबिर अन्सारीलाइ रिहा गर्न बाध्य भइएको बताए । प्रहरी उपरीक्षक रमेश बस्नेत अभियुक्तकै संरक्षणमा लागेको कारण पक्राउ गर्न नसकिएको समेत, उनले दाबि गरे । अपराध गर्ने अपराधीहरू मध्ये अधिकान्स अपराधीलाइ प्रहरीकै संरक्षण पाएको कारण पक्राउ गर्न नसकिएको एक अडियो रेकर्डबाट प्रमानित हुन्छ । अपराध गरेर उम्किदै आएको अपराधीले खुल्याम घुमिरहदा समेत पक्राउ गर्न नसक्नुले समेत प्रहरी उपरीक्षक बस्नेतको संरक्षण हुने गरेको बारे प्रमानित हुन्छ । अडियो रेकर्डको अधारमा अपराधी नै प्रहरी उपरीक्षक रमेश बस्नेतको सम्पर्कमा रहि बस्ने गरेका छन । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा फरार भनिएको अभियुक्त नै प्रहरी उपरीक्षकको छत्र छायामा बस्ने गरेको पाइएपनि नेपाल प्रहरी संगठनका जिम्मेवार डिआइजि मसाउद आलम खा लगायत संगठनका प्रमुख धिरजप्रताप सिंहको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.